अपराध सुरक्षा

अवैधरुपमा ड्रोन क्यामेरा उडाएको आरोपमा दुई विदेशी पक्राउ

अवैधरुपमा ड्रोन क्यामेरा उडाएको आरोपमा दुई विदेशी पक्राउ
पुस – १३ । पर्वतको सदरमुकाम कुश्मा नजिक रहेको नेपालकै अग्लो कुश्मा–ज्ञादी झोलुङे वरपर अवैधरुपमा ड्रोन क्यामेरा उडाएको आरोपमा दुईजना विदेशी नागरिक पक्राउ परेका छन् । ड्रोन क्यामेरा उडाइरहेको सूचनाका आधारमा प्रहरीले स्पेनी नागरिक पासपोर्ट नम्वर पिएडी ४३४३१० भएका डेल्गाडो लजारो र सिंगापुरे नागरीक पासपोर्ट नम्बर ई ५४५८७६३ सी भएका त्यो जिक्वी लिजानालाई पक्राउ गरेको हो । उनीहरुसँग ड्रोन क्यामेरा सञ्चालन अनुमतिपत्र नभएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालय पर्वतले बताएको छ । ड्रोन क्यामेरा उडानसम्बन्धी अनुमतिपत्र ल्याउने गरी उनीहरुलाई छाडिएको छ । क्यामेराहरु थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्वतमा राखिएको छ । नेपाल ड्रिम ट्राभल एण्ड ट्रेक एजेन्सीमार्फत काभ्रे बाल्टिङ बस्ने २९ वर्षीय नवराज मैनालीको सहयोगमा उनीहरु घुम्न ड्रोन क्यामेरा लिएर आएका थिए ।

कुश्मा–ज्ञादी पर्वत

विशेष