अपराध सुरक्षा

पूर्व महानिरीक्षक बस्नेत एक करोड २५ लाख धरौटी राखेर रिहा

पूर्व महानिरीक्षक बस्नेत एक करोड २५ लाख धरौटी राखेर रिहा
पुस १३ । सामाग्री खरिदमा अनियमितताको आरोप खेपिरहेका सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक (आइजीपी) सनतकुमार बस्नेत एक करोड २५ लाख रुपैयाँ बैंक जमानत राखेर रिहा भएका छन् । न्यायाधीशत्रय भूपेन्द्रप्रसाद राई, नरेन्द्रकुमार सिवाकोटी र प्रभा बस्नेतको इजालसले मागेको धरौटी बुझाएर बस्नेत रिहा भएका हुन् । सशस्त्र प्रहरी बलको विभिन्न युनिटका लागि सामग्री खरिद गर्दा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वस्नेतउपर नौ करोड १५ लाख ८१ हजार १५१ रुपियाँ विगो मागदावीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । इजलासले मागेको एक करोड २५ लाख रुपियाँको धरौटी वस्नेतले सिटिजन बैङ्क इन्टरनेशनलको जमानतपत्र दिएका थिए । मुद्दा पुर्पक्ष गर्ने सिलसिलामा विशेष अदालतले उनलाई तारेखमा राखिएको छ ।

भ्रष्टाचार मुद्दा दायर विशेष अदालत

विशेष