मानव अंग ओसारपसारको आरोपमा तीनजना पक्राउ

पुस – १४ । महानगरिय प्रहरी अपराध महाशाखाले मानव अंग मृगौलाको ओसारपसारको अभियोगमा तीनजना पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा महाशाखाले काठमाडौं उपत्यकाबाट विकास भन्ने विनुबहादुर तिमल्सिना, प्रकाश बस्नेत र भीमप्रसाद न्यौपानेलाई पक्राउ गरेको हो ।
तीनै जनाले जागिर लगाइदिन्छु भन्दै प्रलोभनमा पारी भारतका विभिन्न सहरमा लगरे उनीहरुलाई विहोस बनाइ मृगौला झिकेर बेच्ने गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले बिहीबार तीनैजनालाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।
महानगरिय प्रहरी अपराध महाशाखा
मानव अंग