सात किलो अवैध सुनसहित चालक पक्राउ

पुस – १४ । कलंकीबाट सात किलो अवैध सुनसहित महानगरीय प्रहरी अपराध महाशाखाले एक चालकलाई पक्राउ गरेको छ । चालक कुन्साङ लामालाई अवैध सुन सहित पक्राउ गरेको हो ।
केरुङ नाकाबाट रसुवाको गल्छी हुँदै बा ८ च ७४२० नम्बरको गाडीमा ल्याएको सुन प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार सिन्धुपाल्चोक, लिस्तीका लामाले सुन गाडीको अगाडिको फिल्टरमा लुकाएर ल्याएका थिए ।
चालक लामाबाट बरामद भएको सुन कानुनी कारवाहीको लागि राजश्व अनुसन्धान विभाग पठाइएको अपराध महाशाखाले जनाएको छ ।
अवैध सुन
महानगरीय प्रहरी अपराध महाशाखा