ओटोमोबाइल

यामाहाको नयाँ वर्ष केन्द्रित ‘फाइभबुलस २०१७’ अफर

यामाहाको नयाँ वर्ष केन्द्रित ‘फाइभबुलस २०१७’ अफर
पुस – १४ । यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ वर्ष २०१७ को अवसरमा नयाँ अफर ल्याएको छ । एमएडब्लुले नयाँ वर्षको उत्सवलाई थप उल्लासमय बनाउन ‘फाइभबुलस २०१७’ अफर ल्याएको हो । यो अफर अन्तर्गत यामाहा ब्रान्डका जुनसुकै मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले पाँच हजार रुपैयाँ नगद छुट पाउनेछन् । नयाँ वर्ष योजना यामाहाका सबै मोटरसाइकल र स्कुटरका मोडेलमा लागू हुने एमएडब्लु इन्टरप्राइजेज, यामाहा डिभिजनका सेल्स एन्ड बिजनेस डेभलपमेन्ट–एजीएम दिपक रौनियारले जानकारी दिए । यामाहाले सधैं आफ्ना ग्राहकलाई केन्द्रबिन्दुमा राखेर योजना ल्याउने गरेको उनले बताए । ‘हामी सुरक्षा, गुणस्तर र विश्वस्तरीय अनुभवप्रति निकै सचेत छौं । दसैं अफरमा हाम्रा ग्राहकको प्रतिक्रियाबाट हामी निकै उत्साहित भएर नयाँ वर्षको अवसरमा यो अफर ल्याएका छौं,’ एजीएम रौनियारले भने, ‘हामीलाई विश्वास छ यो अफरले नयाँ वर्षको उत्सवलाई थप उल्लासमय बनाउनेछ ।’ एमएडब्लुले यसै वर्ष स्पोर्टी स्कुटर रे जेडआरलाई नेपालमा ल्याएको थियो । यसबाहेक बजारमा यामाहा एफजेड–एस एफआई, एफजेड एफआई, आर १५, स्यालुटो, एसजीआरआर, फेसिनो, रेजी र प्राविधिक रुपमा उच्च स्तरीय आर३ उपलब्ध छन् । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । नेपालमा रेसिङ कल्चर भित्र्याउने श्रेय पाएको आर १५ को डिजाइन र इन्जिन रेसिङ बाइक आर १ बाट प्रभावित छ जुन युवामाझ निकै लोकप्रिय रहेको छ ।

एमएडब्लु इन्टरप्राइजेज फाइभबुलस २०१७ यामाहा मोटरसाइकल

विशेष