यौन-शिक्षा

आफ्नो कुमारीत्व भंगगर्ने ग्राहक खोज्दै यि महिला

आफ्नो कुमारीत्व भंगगर्ने ग्राहक खोज्दै यि महिला

एक युवती केही समयदेखि आफ्नो कुमारित्व बेच्न खोजिरेहकी थिइन् । जर्मनीको एस्कर्ट एजेन्सी सिन्डेरेला एस्कर्र्टसमा काम गर्ने १८ वर्षीया अलेक्जेन्ड्र खेफ्रेनले आफ्नो कुमारित्वको मूल्य आठ लाख ५० हजार युरोको अनलाइन बोली लगाएकी थिइन् ।

उनको यो आह्वानलाई स्वीकार्दै एक व्यापारीले उनको कुमारित्व भंग गर्नका लागि १७ लाख युरो दिन तयार भएका छन् । अलेक्जेन्ड्रले यसरी आफ्नो कुमारित्व लिलाम बिक्रीमा राखेपछि उनको परिवारले उनलाई त्याग्ने धम्की दिएको थियो । यसबाट खुबै विवाद जन्मिएको थियो ।

यस लिलामीबाट पाइने रकमको बीस प्रतिशत एस्कर्ट एजेन्सीले लग्छ । अलेक्जेन्ड्राले टिभीमा बयान दिँदै आफ्नो परिवारलाई आर्थिक संकटबाट बचाउन यसको गरेको बताइन् ।

तर उनका मातापिता टोनी र एलेनाले आफूहरू कुनै संकटमा नपरेको बताए । छोरी ठूली भइसकेकाले आफ्नो फैसला आफैं लिनसक्ने उनीहरूले बताए । अलेक्जेन्ड्राले आफ्नो कुमारित्वको ठूलो भाउ दिने मान्छेसँग जहाँ भन्छ त्यहाँ जान तयार भएको बताएकी छिन् । उनलाई यौनरोग सर्ला वा गर्भवती भइएला भन्ने कुनै चिन्ता छैन ।

 

विशेष