अपराध सुरक्षा

लोकमानलाई कालोमोसो दल्नेविरुद्ध मानहानीको मुद्दा

लोकमानलाई कालोमोसो दल्नेविरुद्ध मानहानीको मुद्दा
पुस – १५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई मोसो दल्नेविरुद्ध सर्वोच्च अदालतले मानहानीको मुद्दा लगाएको छ । कार्कीलाई अदालत परिसरभित्रै मोसो दल्ने प्रवल शाही प्रकाश र चन्द्रबहादुर बुढालाई सर्वाेच्चले मनहानीको मुद्दा लगाएको हो । कार्कीविरुद्ध सर्वोच्चमा योग्यता सम्बन्धी मुद्दा चलिरहेको बेला पेसी बुझ्न गएका उनलाई पेसी बुझ्ने कोठामै शाही र बुढाले मोसो दलेका थिए । अदालतको परिसरभित्रै अशोभनीय कार्य गरेकोमा सर्वोच्चले मुद्दा अगाडि बढाएको हो । मानहानी मुद्दामा बयानका लागि सर्वोच्चले शाही र बुढालाई आइतबार अदालतमा बोलाएको छ । सर्वोच्च अदालतको पत्रको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले दुवैलाई सार्वजनिक अपराध ऐन अन्तर्गगत हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको छ । प्रहरीलाई दिएको बयानमा दुबैले आफूहरु नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे माओवादी कार्यकर्ता रहेकाले पार्टीको नीति अनुसार आफूहरुले कार्कीलाई मोसो दलेको बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग लोकमानसिंह कार्की सर्वोच्च अदालत

विशेष