अपराध सुरक्षा

बालकलाई जबरजस्ती उठाइ लैजाने तीन पक्राउ

बालकलाई जबरजस्ती उठाइ लैजाने तीन पक्राउ
पुस – १६ बालकलाई जबरजस्ती उठाइ लैजाने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ताकेश्वर नगरपालिका १९ बस्ने १५ वर्षीय बालक राजन महर्जनलाई जबरजस्ती लैजानलाई महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । बालकलाई मोटरसाइकलमा हाली उनीहरले जबरजस्ती लिएर गएका थिए । पक्राउ पर्नेमा मोटरसाइकल चालक म्याग्दी, अर्मल–३ का २६ वर्षीय विश्वास शेरचन, मोटरसाइकलमा सवार २५ वर्षीय दिपक पुन, स्कुटी चालक म्याग्दी लम्सुन–४ का २४ वर्षीय देवान गौचन रहेका छन् । बा.८० प ९९९७ नम्बरको मोटरसाइकल र बा.७० प ८६०३ नम्बरको स्कुटीमा आएका व्यक्तिहरुले उनलाई जबरजस्ती उठाई लगेको भन्ने खवरपछि प्रहरीले खोजी गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Arrested

विशेष