यौन-शिक्षा

यस्ता छन् यौन व्यापारलाई कानुनी मान्यता दिने देश

यस्ता छन् यौन व्यापारलाई कानुनी मान्यता दिने देश

एजेन्सी ।  एउटा तथ्यांक अनुसार विश्वभर १०० प्रमुख देशमध्ये १२ देशमा केही सर्तहरु सहित ४९ देशमा वेश्यावृत्तिलाई कानुनी मान्यता दिइएको छ । वेश्यावृत्ति आधुनीक समयको देन भने होइन । पहिला देखि नै राजामहाराजहरुले यो पेसालाई भरण पोषण सहित विस्तार गरेका भए पनि यो पेसा आवद्ध मानिसलाई हाम्रो समाजले घृणाको दृष्टी हेर्न गर्दछ । तर कतिपय देशले यसलाई कानुनी मान्यता दिएका छन् । केही देश जहाँ वेश्यावृत्तिलाई कानुनी मान्यता दिइएको छ ।

जर्मनी

विश्वमा सबैभन्दा पहिला यो देसमा वेश्यावृत्तीले कानुनी मानयता पाएको थियो । १९२७ देखि यहाँ वेश्यालयको स्वीकृति दिन थालिएको हो । यहाँ यौनकर्मीहरुको लागि स्वास्थ्य सुविधाका साथी विमाको पनि व्यवस्था गरिएको छ । यहाँ कार्यरत यौनकर्मीको केही हिस्सा काटेर निश्चित समयपछि उनीहरुलाई पेन्सन स्वरुप भिने गरिन्छ ।

न्युजल्र्याण्ड

यो देशमा २००३ मा वेश्यावृत्तिको कानुनी मान्यता पाएको हो । यौनकर्मीहरु सार्वजिनक स्वास्थ्य र रौजगार कानुन सरह वेश्यावृत्तीको स्वीकृति मिल्दछ । यहाँका यौनकर्मीहरुले अरु कर्मचारी सरह रोजगारीबाट सुविधा र सामाजिक लाभ लिन सक्छन् ।

नेदरल्याण्ड

यौन व्यापारको लागि यहाँको एम्सटर्डमको रेड लाइट एरिया संसारमा नै परिचित छ । अरु देशका मानिसहरु जस्तै यहाँका मानिसहरु लुकेर जाँदैनन् । शिशाको झयालको पछि रोतो बत्तिको प्रकाशमा रहेका यौनकर्मीहरुलाई हेर्न पर्यटकहरु आउने गर्दछन् ।

बंगलादेश

बंगलादेशमा पनि वेश्यवृत्तीलाई कानुनी मान्यता दिइएको छ । यहाँ धेरै बालबालिका यौन व्यापारको लागि तस्करी हुने गम्भिर समस्या रहेको छ । तर पनि कानुनी रुपमा वेश्यालय खोल्न सकिन्छ ।

अस्ट्रिया

यो देशमा पनि वेश्यावृत्तिलाई कानुनी रुपमा मान्यता दिइएको छ । यौनकर्मीको उमेर १९ हुने पर्ने प्रावधान रहेको छ । यहाँका यौनकर्मीहरुको स्वास्थ्यको पनि विशेष ख्याल गरिन्छ । पहिला उनीहरुको रजिस्ट्रशन, त्यसपछि बेलाबेलामा स्वास्थ्य परिक्षण पनि गरिन्छ ।

अष्ट्रेलिया यो

देशलाई कंगारुहरुको देश पनि भनिन्छ । यहाँ रहेका कतिपय राज्यहरुमा वेश्यावृत्तीलाई कानुनी रुपमा मान्यता दिएका छन् भने कतिपय राज्यमा यसलाई गैर कानुनी मानिन्छ । तर पनि यहाँ वेश्यावृत्तिको लागि स्वीकृति दिने व्यवस्था छ ।

बेल्जियम

यहाँको सरकारले पनि विभिन्न प्रवधान तोडेर वेश्यावृत्तिलाई मान्यता दिएको छ । पहिला वेश्यालयको लागि स्वीकृति लिनु अनिवार्य हुन्छ । यो देशमा यौनकार्र्यलाई कलाको रुपमा हेरिन्छ । र यौनकर्मीहरुको सुरक्षाको लागि फिंगरप्रिन्ट र कि–कार्ड प्रविधिको व्यवस्था गरेको छ ।

ब्राजिल

यहाँको वेश्यावृत्तिको कानुन केही अनौठो रहेको छ । यहाँ वेश्यावृत्ति कानुनी भए पनि वेश्यालय चलाउन र यौनकर्मीलाई कर्मचारी सरह प्रयोग गर्न पाइदैन । यहाँका पनि एउटा समस्या भनेको बालबालिकाको तस्करी गरी यौन व्यापरको लागि प्रयोग गर्नु हो । यहाँ २५०००० देखि ५००००० को अनुमानमा यौनकर्मी प्रयोग हुने गरेका छन् ।

क्यानडा

वेश्यावृत्तीको कानुनी अधिकार सन् २०१४ मा दिइएको हो । यहाँ यौनलाई खरिद विक्री गर्नु गैर कानुनी मानिन्छ । र वेश्यावृत्तीलाई व्यापर बनाउन भने मान्यता छैन ।

ग्रीस

ग्रीसमा यौन व्यापर कानुनी पेसा हो । यहाँ अन्य मानिस सरह यौनकर्मीको मेडिकल विमा गर्नु पर्दछ । त्यस्तै यौनकर्मीले स्वीकृति लिनु पर्दछ । त्यसपछि उनीहरुले परिचयपत्र प्राप्त गर्दछन् र यौन व्यवसायमा संलग्न हुन सक्छन् ।

इक्वाडोर

यहाँ यौन व्यवसायबाट घर चलाउने, शरीर बेच्ने, यौन व्यवसाय संचालन गर्न सबै कानुनी मानिन्छ । तर कसैलाई वल प्रयोग वा दवावमा राखेर यौन व्यापर गर्नेलाई कानुनी सजाय हुने व्यवस्था इक्वाडोरको कानुनमा रहेको छ ।

sex sex free country sex worker

विशेष