एनटी अार्इएसकाे सुचिमा परेका १२ वस्तु
बाह्रू वटा नेपाली बस्तु अन्य मुलुकका भन्दा निर्यातमा तुलनात्मक लाभ रहेकाे भन्दै नेपाल ब्यपार एकिकृत रणनीति (एनटीअाइस) २०१६ काे सुचिमा राखीएकाे छ । मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिले बाह्रवटा नेपाली वस्तुलाई अन्य मुलुकमा निर्यात गर्दा फाइदा हुने भन्दै नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) २०१६ स्वीकृति गरेको छ ।
एनटीआईएस २०१६ मा परेका १२ वस्तुहरु
कृषि क्षेत्रका ४ वस्तु, कृषि वस्तुअन्तर्गत अलैंची, अदुवा, चिया र जडीबुटी एनटीआईएसको सूचीमा परेका छन् ।औद्योगिक क्षेत्रका ५ वस्तु, औद्योगिकअन्तर्गत रेसादार टेक्साटाइल तथा छाला, जुत्ता तथा चप्पल, पश्मिना र गलैंचा छन् ।
सेवा क्षेत्रका ३ वस्तु, सेवा क्षेत्रभित्र दक्ष तथा अर्धदक्ष मानव संसाधन, पर्यटन र सूचना प्रविधिमा सूचीमा परेका छन् ।एनटीआईएस २०१० मा सूचीमा परेका र बढी निर्यातको सम्भावना भएका १२ वस्तुलाई सम्भावयुक्त सूचीमा राखिएको छ । सम्भावनायुक्त सूचीमा जलविद्यु्त् मुसुरो दाल, स्टिल तथा धातु, कागज, कफी, तयारी पोसाक, फलफूल तथा तरकारी, पत्थर, मह, चाँदी, चाउचाउ र ऊनीका वस्तु परेका छन् ।
निर्यातको आकार १५, निर्यात वृद्धिदर २०, निर्यात सम्भावना सूचकांक २०, सम्भावना मूल्य अभिवृद्धि १५ र गन्तव्य विविधीकरणमा १० प्रतिशत भार दिइएको छ । भौगोलिक क्षेत्र ४, वातावरणीय प्रभाव ४, रोजगारी सिर्जना ४, लैङिक प्रभाव ४ र सीप तथा आय–आर्जन ४ प्रतिशत अंक भार लिई एनटीआईएसको सूचि मन्त्रालयले छनोट गरेको छ ।
एनटीआईएसमा परेका वस्तुको उत्पादनदेखि वितरणसम्म सरकार र दाताले लगानी गर्ने मन्त्रालयको बिश्वास छ । श्रमिकलाई एनटीआईएसमा राखिएकामा हाल उच्च दक्ष तथा अर्धदक्ष मानवसंशाधन राखिएकाले यस रणनीतिलाई महत्वका साथ हेरिएको छ ।
२०१० मा बनाइएको रणनीति अहिले मेल नहुने देखिएकाले परिवर्तन गरिएको मन्त्रालयको दाबी छ । निर्यात सम्भावना, रोजगारी, बढी उत्पादकत्व भएका, आफ्नोपन देखिने वस्तुलाई प्राथमिकता दिएको दाबी छ । यी कार्यक्रममा सफल भए कृषकले राम्रो आम्दानी गर्ने, निर्यात बढ्ने र रोजगारी पनि सिर्जना हुने मन्त्रालयको विश्वास छ ।
एनटीआईएस २०१६ मा ‘क्रस कटिङ’ क्षेत्रमा हस्तक्षेप उपाय, व्यापार क्षमता अभिवृद्धि, व्यापार वार्ता, व्यापार सहजीकरण, स्ट्यान्डर्ड तथा प्राविधिक नियमन र बौद्धिक सम्पत्तिका अधिकारलगायत विषयलाई महत्वका साथ राखिएको छ ।
गरिबी निवारण, दिगो आर्थिक विकास र जीवनस्तरमा सुधार हुने जस्ता कुरा एनटीआईएसमा उल्लेख छ । यो व्यवस्था ‘क्रस कटिङ’ क्षेत्रमा फोकल व्यक्ति तोकेर काम गर्ने व्यवस्था एनटीआईएस २०१६ ले गरेको छ ।