अर्थ

ऋण मूक्त हुदै नेपाल आयल निगम : भारतीय ओयल कर्पोरेषनसंग नगदै कारोवार

ऋण मूक्त हुदै नेपाल आयल निगम : भारतीय ओयल कर्पोरेषनसंग नगदै कारोवार
जेष्ठ, ५ काठमाण्डौ Nepal_Oil_Corporation_Ltd._ नेपाल आयल निगमले गत मंगलबार नेपाल सरकारको ऋण रु. तीन अर्व ६४ करोड १० लाख अर्थमन्त्रालयलाई तिरेको छ । यो तिरेसंगै अव रु ४ अर्व रुपैया अर्थमन्त्रालयलाई तिर्न बाकी छ । भारतीय आयल कर्पोरेसनको ऋण मुक्तिसँगै नेपाल आयल निगमले भारतसँग पेट्रोलिम पदार्थको कारोवार नगदमा गरीरहेको बताइएको छ । हाल निगमले प्रत्येक महिनाको ८ तारिक र २३ तारिकमा आईओसिलाई पेट्रोलियम पदार्थको मूल्य भुक्तान गर्दै आइको छ । कसरी तिर्यो  ऋण नेपाल आयल निगमका प्रवक्ता मुकुन्द प्रसाद घिमिरेले नेपाल आज लाई बताए अनुसार “बाकी तिर्ने रकम पनि आगामी ४ महिनामा चुक्ता गरिसकिने छ ।” २०७१ साल असोज १३ गतेदेखि निगमले स्वचालित मूल्य नीति अपनाएपछि निगम अहिले नाफामा छ । “अन्र्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा नेपालमा पनि बढ्ने र घट्दा नेपालमा पनि मूल्य घट्ने प्रणाली लागूसंगै आयल निगमले घाटा बेर्होनु परेको छैन” उहाले बताउनु भयो । हाल प्रति लिटर निगमको फाईदा यसप्रकार रहेकोछ । [caption id="attachment_1412" align="alignnone" width="390"]oil स्रोतः नेपाल आयल निगम[/caption] यसप्रकार नेपाल आयल निगमले पाक्षिक रुपमा करिव ६६ करोड १६ लाख नाफा गरेको छ । सुनिल थापा आपुर्तीमन्त्री लगतै नेपाल आयोग निगममा क्रान्तिनै आएको छ । “संधै ऋण र बक्यौदामा फसिरहने नेपाल आयल निगम यति छोटो अवधिमा नाफाको स्थितिमा आउनु भनेको गर्वको कुरा हो ।” निगमका प्रवक्ता मुकुन्द प्रसाद घिमिरे ले भन्नु भयो “निगम यो स्थितिमा आउन सबै कर्मचारीहरु लगायत निगमका महा प्रबन्धक गोपाल बहादुर खड्कालाई बिशेष श्रेय जान्छ ।”

विशेष