आज बुद्ध जन्मेको दिन
विश्व शान्तिका अग्रदुत भगवान् गौतम वुद्धको २५ सय ६०औं जन्म जयन्ती मनाइदै छ । बौद्ध धर्मका अनुयायीहरुले वुद्धलाई एक सम्यक सम्बुद्ध अर्थात महाज्ञान प्राप्त भएका व्यक्तिका रुपमा पुज्दछन् । गौतम बुद्धको जन्मथलो नेपालमा बुद्धजयन्तीको अवसरमा अन्तराष्ट्रिय बौद्ध सम्मेलन आयोजना गरिएको छ । विहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गरेका थिए । यो सम्मेलनमा २८ मुलुकका ३८५ जना पाहुना सहभाागी छन् ।
‘लुम्बिनी नेपाल : भगवान् बुद्धको जन्मस्थल एवम् बुद्ध धर्मको उद्गमस्थल’ भन्ने मूल नाराका साथ यसपाली बुद्धजयन्ती मनाउन लागिएको छ । लुम्बिनीस्थित लुम्बिनी सङ्ग्रालय नजिक आयोजना गरिने धार्मिक कार्यक्रममा एक हजार जना लामा गुरु सहभागी हुने लुम्बिनी विकास कोषले जनाएको छ ।