अर्थ

विद्युत प्राधिकारणले बत्तिस लाख राजस्व सङ्कलन

विद्युत प्राधिकारणले बत्तिस लाख राजस्व सङ्कलन
जेठ, ९,  भक्तपुर, नेपाल विद्युत् प्राधिकरणले महसुल नर्तिने ग्राहकबाट एक महिनाको अविधिमा भक्तपुर र मध्यपुर ठिमी शाखाले महसुलवापत रु ३२ लाख ८२ हजार राजस्व सङ्कलन गरेको छ । [caption id="attachment_1847" align="alignnone" width="480"]electric File Picture[/caption] नियमित रुपमा विद्युत् महसुल नतिर्ने ८३ ग्राहकको लाइन काटेको भक्तपुर शाखाका प्रमुख विक्रम अमात्यले जानकारी दिनुभयो । ती ग्राहकबाट रु १६ लाख ४१ हजार सङ्कलन हुनुपर्नेमा रु सात लाख १९ हजार राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । महसुल तिर्ने २९ ग्राहकको पुनः लाइन जडान गरिएको छ । नियमित महसुल नतिर्ने ग्राहकको अबका दिनमा लाइन काटेर तीनपुस्ते नामावली सार्वजनिक गरिने अमात्यको भनाइ छ । त्यस्तै विद्युत् प्राधिकरण मध्यपुर ठिमी शाखाले महसुल नतिर्ने २७९ ग्राहकको लाइन काटेको शाखाका प्रमुख राजकुमार रमणले जानकारी दिनुभयो । कुल रु २६ लाख २७ हजार महसुल सङ्कलन हुनुपर्नेमा लाइन काटेपछि २३५ ग्राहकबाट रु २५ लाख ६२ हजार सङ्कलन भएको छ । नियमित महसुल नबुझाउने ग्राहकको तीन महिनापछि लाइन काटिने बताइएको छ । रासस

विशेष