२०औँ महिला उद्यमी सम्मेलन हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्दै
जेठ, १० काठमाण्डौ, यही जेठ २४ र २५ गते २०औँ महिला उद्यमी सम्मेलन काठमाण्डौमा हुने भएको छ । उक्त सम्मेलन घरेलु तथा साना उद्योगको छाता सङ्गठन नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २३औँ राष्ट्रिय महाधिवेशनसँगै हुने छ ।
[caption id="attachment_1963" align="alignnone" width="624"] File Photo[/caption]
महासचिव विष्णुबहादुर लुइँटेलका अनुसार महाधिवेशनमा सङ्घ, वस्तुगत सङ्घ तथा सहकारी सदस्य गरी करिब ८०० जनाको सहभागिता हुने छ । सो महाधिवेशनले तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । महाधिवेशनलाई सम्पन्न गर्न महासङ्घका अध्यक्ष सुरेश प्रधानको अध्यक्षतामा आयोजक समिति गठन गरिएको छ ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको महासङ्घले जनाएको छ ।