यौन-शिक्षा

यौनअंग सम्बन्धित विशेषज्ञलाई सोधिने विशेष प्रश्न यस्ता छन्

यौनअंग सम्बन्धित विशेषज्ञलाई सोधिने विशेष प्रश्न यस्ता छन्
स्वस्थ राम्रो र आकर्षक देखिने चाहना कसमा पो हुदैन र ? अझ महिलाहरुमा त झन् यस्तो चाहना बिशेष रुपमा रहेको हुन्छ । शरीरलाई फिटनेश राख्नका लागि महिलाहरुले विभिन्न योगा तथा तथा व्यायम गर्नुलाई स्वभाविक रुपमा लिइन्छ । [caption id="attachment_2301" align="alignnone" width="642"]sex-ed2 File Photo[/caption] त्यस्तै आकर्षक बन्न विभिन्न कम्मेटीक सर्जरीहरु समेत गर्छन् त्यसलाई समेत अश्वभाविक मानिदैन । तर हिजोआजका महिलाहरु त्यतिमै मात्र सिमित रहँदैनन् । किंशवे गाइनोकोलोजी क्लिनिकका स्त्रीरोग विशेषज्ञ डा अहमद इस्मेल भन्छन् हिजोआज महिलाहरु बाहिरबाट देखिने अंगको सौन्दर्यमा मात्रै खुम्चिदैनन् । उनीहरु गुप्तांगको सौन्दर्यमा लालयित छन् । योगा गर्दा स्कीन टाइट जिन्स लगाएको बेला आकर्षक देखिनकै लागि धेरै महिलाहरु आफ्नो योनीको प्लास्टिक सर्जरी गर्न खोज्दछन् । १६ वर्षे किशोरी देखि ७० वर्षे महिलाले पनि आफ्नो यौनाङगको कस्मेटिक सर्जरी गर्ने चाहनाको जानकारी राख्न थालेपछि डा इस्मेलले आफूसंग आउने प्रमुख पाँच प्रश्न र जवाफ यसरी प्रस्तुत गरेका छन् स् १. के मलाई योनीको सर्जरीको जरुरी छ ? सबै योनी यौनाङगहरु पृथक र फरक हुन्छन् । जबसम्म यसको आकार बनोटले तपाईँलाई दुःख पीडा तथा असुबिधा दिएको छैन, तपाईँलाई सर्जरीको जरुरी हुन्न । २. के मेरो योनी नर्मल छ ? कुनै एक आकार, स्वरुप बनोट, रङ नै योनीको उपयुक्त मापदण्ड हो भन्ने हुदैन । शरीरका अन्य अंगहरु जस्तै योनी भल्भ, क्लिटोरीस, लेबिया पनि महिला पिच्छे फरक फरक हुन्छन् । त्यसैले ती फरक पनका बाबजुत सबै योनी नर्मल मान्नुपर्छ । ३. के मेरो योनीको लेबियाको लम्बाई ठिक छ ? योनीको लेबियाको नर्मलरठिक्कको लम्बाई कति हो भन्ने जिज्ञासा धेरै भेटिने गरेको छ । कति लम्बाई देखिन्छ भन्ने कुरा ब्यक्ति पिच्छे फरक हुन्छ । सांस्कृतिक, भौगोलिक बिबिधताले पनि यसको लम्बाईमा फरक पार्छ । ४. उमेरसंगै योनीमा कस्तो परिवर्तन आउँछ ? शरीरका अन्य अंगहरुजस्तै समय संगै योनीमा परिवर्तन आउनु स्वभाविक हो । त्यसमाथि महिलाले उमेरसंगै अनुभव गर्ने महिनावारी सुरु, गर्भधारण, बच्चाको जन्म, महिनावारी बन्द आदिको कारणले योनीको रुप आकार बनोट परिवर्तन भइरहन्छ । ५. मेरो र उसको योनीको किन फरक देखिन्छ ? आफनो शरीरको भागहरु स्वस्थ र ठीक छ की र्छैन भन्ने जिज्ञासा पूरा गर्न मानिसहरु अरुको अंग संग तूलना गर्ने गर्छन् । यहि जिज्ञासा यौनीमा पनि भेटिने गरेको हो । संसारका अलग अलग भागका महिलाको योनीको बनोट फरक हुन्छ । चाइनीज महिलाले आफ्नो योनी पूर्वी यूरोपका एक महिलाको योनीसंग तुलना गर्न खोजिन भने निश्चय पनि ठूलो फरक पाउने छिन् । किनकि चाइनीज महिलालाई रसयिन महिलाको योनी धेरै ठूलो लाग्न सक्छ भने रसियनलाई चाइनिज महिलाको योनी सानो र टाइट लाग्न सक्छ । त्यसैले अर्कोसंग तुलना गर्नु बिल्कुल गलत हो । एजेन्सी

education sex

विशेष