मनिषा घर्तीमगरको हत्यामा संलग्न भएको आशंकामा दुई जना पक्राउ
जेठ १३, फुटवलर बिमल घर्ती मगरकी १७ बर्षीय बहिनी मनिषा घर्ती मगरको हत्या भएको आशंकामा प्रहरी दुई जना युवाहरुलाई पक्राउ गरेको छ । गएराति नवपलरासीको वर्दघाट –८ पञ्चनगर स्थित घरमा एक्लै रहेकी उनी बिहिबार बिहान घर भित्र मृत फेला परेकी थिइन ।
आमा अघिल्लो दिन काम लागि बुटवल गएर विहान घर फर्कदा घरमा छोरी मृत भेटिएपछि आफन्त र प्रहरीलाई खबर गरेकी थिइन । उनी मृत भेटिएको खाटमा रगतको दागहरु भेटिएको प्रहरीले जनाएको छ । टेवुलमा खुट्टा र आधा शरिर खाटमा रहेको अबस्थामा उनको शव भेटिएको थियो । प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेकाहरूसँंग सोधपुछ गरिरहेको नवलपरासी प्रहरीले जनाएको छ । मनिषाको शव फेला परेपछि उनका आफन्त र साथीहरु शोकमा परेका छन् । उनी न्यूलाइफ उच्च मावि बर्दघाटमा कक्षा ११ को परिक्षा दिएर बसेकी थिइन ।