सन्तुष्ट यौन जीवनका ६ उपायहरू
धेरै जिम्मेवारी, परिवर्तित समय, कामको चाप तथा बढ्दो तनावका कारण समय क्रमसँगै विवाहित जोडीहरुमा एक अर्काप्रतिको आकर्षण विस्तारै घट्दै जान्छ । यसको सिधा असर उनीहरुको यौन जीवनमा पर्छ । जसका कारण उनीहरुका प्रेमालापका पल समेत दिक्कलाग्दा बन्दछन् र सहवास समेत आनन्ददायी बन्न छाड्छ ।
आफ्नो पार्टनरलाई सहवासमा सन्तुष्टि दिलाउन असफलता भएको छ भने आफूमा भएको यौनिक दुर्वलतालाई घटाउनेतर्फ सोँच्नुपर्छ । यसका लागि आफ्नो खानपानमा विशेष ध्यान राम्रो हुन्छ । सन्तुलित तथा पर्याप्त क्यालोरीयुक्त भोजन गर्ने । यसले शरीरको हर्मोनको स्तर, मस्तिष्कको रसायनिक संरचना, उर्जा, कामोत्तेजना तथा यौनेच्छा बढाउँछ ।
– सँगै सुतेपछि गोडा लाग्छ भनेझैँ घरमा सानो तिनो ठास्स ठुस्स तथा झगडा हुन्छ नै । त्यसैले त्यसलाई सामान्य रुपमा लिनुपर्छ र सम्बन्ध सुधार्नेतर्फ लाग्नुर्पर्छ । सेक्सलाई यस्तो बिग्रिएको सम्बन्ध सुधार्ने वा बन्द भएको बोलचाललाई सुरु गर्ने अस्त्रको रुपमा प्रयोग नगर्नु । यस्तो रिसरागमा हुने यौन सम्बन्धले सन्तुष्टि मिल्दैन । यस्तो संसर्गले सम्बन्ध सुधार्ने पनि होइन । सेक्समा जरुरी चिज भनेको सन्तोष हो, न कि केवल शारीरिक मिलन ।
– पतिको यौन क्षमताको कमी तथा शिघ्र पतन जस्ता कारणले गर्दा पत्नीले यौन सन्तुष्टि पाउन सकेको छैन भने यस्तोमा श्रीमानसँग झगडा गर्ने वा सराप्ने कामले यौनजीवन झनै बिग्रन्छ । त्यस्तो समस्या भएमा आपसमा छलफल गर्ने, विभिन्न खाले उपचारका पद्धति अपनाउने, सम्भोगका आसन वा यौन सन्तुष्टिका अन्य मैथुनिक उपायको अवलम्बन समेत गर्न सकिन्छ ।
– नियमित सम्भोग सुखी यौन जीवनका लागि महत्वपूर्ण हुन्छ । यद्यपि सम्भोगको मात्रालाई उमेर, कामको अवस्था लगायतले प्रभावित गर्छ । दैनिक सम्भोग गर्ने महिला वा पुरुष खास उमेर भन्दा पाँच–सात वर्ष तन्नेरी देखिन्छन् । सहवासका बेला शरीरमा निस्कने हर्मोनले व्यक्तिलाई तन्नेरी देखाउने विज्ञहरु बताउँछन् ।
– आफ्नै पतिसँगको सम्भोगका दौरान समेत बढि लजाउने तथा खुल्न नसक्ने बानीका कारण धेरै महिलाले चरम आनन्द पाउनबाट बञ्चित हुन्छन् । उनीहरुको त्यस्तो संकोचले पुरुष पार्टनरलाई समेत निराश पार्छ । आफ्नो यौन जीवनलाई ‘हट एण्ड ह्यापनिङ’ बनाउने चाहना छ भने महिला मित्रको लागि सुझाव छ कि संकोचलाई त्याग्नु राम्रो ।
– सुखी यौन जीवनको अर्को मन्त्र हो नयाँ प्रयोग । नयाँ र रचनात्मक प्रयोगका निम्ती सधैँ खुला दिलको हुनु राम्रो हुन्छ । सँगै बस्दा र दिन बिताउँदा एकोहोरो जीवन हुन्छ । धेरै खाए चिनी पनि गुलियो हुन्न । त्यसैले, दैनिक कृयाकलाप र यौन क्रिडामा पनि नवीनता खोज्नुपर्छ । नयाँ ठाउँ घुम्ने र यौन क्रिडामा नयाँ आसन पुयोग गर्दा नयाँपन आउँछ ।
यी उपायहरू झट्ट पढ्दा सामान्य लागे पनि प्रभावकारी छन् । यस्ता उपायहरूको सही कार्यान्वयनले यौन जीवन सुखमय बन्न सक्छ । एजेन्सी