अर्थ

नेपालको अर्थतन्त्र सेवा क्षेत्र तर्फ बढ्दै

नेपालको अर्थतन्त्र सेवा क्षेत्र तर्फ बढ्दै
जेठ, १४, मुलुकको वर्तमान अर्थ संरचनामा परिवर्तन हुने क्रमले तीव्रता आएको छ । मुलुकको अर्थतन्त्र कृषिबाट सेवा क्षेत्रतिर सर्दै गएको सरकारको नयाँ अध्ययनल देखाएको छ । economic विगतका वर्षलाई पछ्याउँदै मुलुकको अर्थतन्त्र कृषिबाट सेवा क्षेत्रतिर सर्ने क्रमले बढेको छ । सरकारले बिहीबार सार्वजनिक गरेको आर्थिक सर्भेक्षणमा मुलुकको कूल गार्हस्थ्य उत्पादन, कृषि तथा उद्योग क्षेत्रको योगदान क्रमशः घट्दै गएको तथा सेवा क्षेत्रको योगदान बढ्दै गएको देखाएको छ । गत आव २०७१ र ०७२ मा सेवा क्षेत्रको उत्पादन रू. तीन खर्ब ७० अर्ब ५० करोड थियो तथा कृषी क्षेत्रको दुई खर्ब ३९ अर्ब ५० करोड थियो । चालु आवमा कृषि क्षेत्रको उत्पादन दुई खर्ब ४२ अर्ब ६० करोड बराबर तथा सेवा क्षेत्रको उत्पादन रू. तीन खर्ब ८० अर्ब ४० हुनेछ । त्यसैगरी आधारभूत मूल्यमा औद्योगिक क्षेत्रको उत्पादन रू. एक खर्ब नौ अर्ब ४० करोडबाट घटेर रू. एक अर्ब दुई अर्ब ५० करोडमा सीमित हुने अनुमान गरिएको छ । कृषि क्षेत्रमा नयाँ पुस्ताको आकर्षण घट्दै गएकाले आर्थिक संरचनामा परिवर्तन आएको हो । यसले मुलुकको व्यापारघाटा अझै बढाउने देखिएको छ ।

nepalko aarthtantra sewa

विशेष