अर्थ

बैंक अफ काठमाडौंको साधारण सभा सम्पन्न

बैंक अफ काठमाडौंको साधारण सभा सम्पन्न
  bank of Kathmandu बैंक अफ काठमाण्डु लिमिटेडको २१ औं वार्षिक साधारण सभा जेठ १७ गते सम्पन्न भएको छ । उक्त सभाले बैंकका शेयरधनीहरुलाई २६ प्रतिशत बोनस शेयर र सो को कर प्रयोजनको लागि १.३६८४२११ प्रतिशत नगद लाभांश दिने संचालक समितिको प्रस्तावलाई पनि पारित गरेको छ । बैकंले आर्थिक वर्ष २०७१/७२ मा रु १३ करोड १६ लाख संचालन मुनाफा र रु ३३ करोड ४६ लाख खूद मुनाफा आर्जन गरेको छ समेत बताएको छ । गत वर्षको तुलनामा आर्थिक वर्ष २०७१/७२ मा बैंकको कुल कर्जा करीब १५.६६ प्रतिशतले वृद्धि भई रु. ३३ अर्ब ३९ करोड पुगेको तथा निक्षेप १५.६५ प्रतिशतले वृद्धि भई रु ३९ अर्ब ४६ करोड पुगेको समेत बताएको छ । त्यस्तै बैकले बैंक अफ काठमाण्डू लि. र लुम्बिनी बैकं लि. एक आपसमा गाभिएर बैंकको नाम बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेड राखिने विशेष प्रस्तावहरु पनि पारित गरेको छ । हालसम्म यस बैंकले ५६ शाखा, ५७ ए.टि.एम. तथा ७ एक्स्टेन्शन काउन्टर संचालनमा रहेको समेत बताएको थियो । काठमाण्डू लुम्बिनी लिमिटेड राखिने विशेष प्रस्तावहरु पनि पारित गरेको छ । हालसम्म यस बैंकले ५६ शाखा, ५७ ए.टि.एम. तथा ७ एक्स्टेन्शन काउन्टर संचालनमा रहेको समेत बताएको थियो ।

Bank of Kathmandu

विशेष