याैनसम्बन्धी थाहा पाउनु पर्ने २५ भ्रम र तथ्य
भ्रम
१। सेक्सका क्रममा महिलाहरु पनि स्खलित हुन्छन् ।
२। यौन सन्तुष्टिका लागि एकैसमयमा चरमोत्कर्ष आवश्यक हुन्छ ।
३। पुरुषको मात्र स्वप्नदोष हुन्छ ।
४। स्वप्नदोष यौन समस्याको संकेत हो ।
५। कुमारी युवतीसंग सेक्स गरे यौनरोग निको हुन्छ ।
६। निरन्तर हस्तमैथुनले लिंग छोटो हुन्छ ।
७। विशेष खालको खाना र शारीरिक अभ्यासले लिंग लामो र ठूलो बनाउँछ ।
८। हस्तमैथुन गर्दा लिंगको नसा भाँचिन्छ ।
९। भ्यासेक्टोमीले मानिसलाई नपुंसक बनाउँछ ।
१०। महिलामा भन्दा पुरुषमा बढी यौन क्षमता हुन्छ ।
११। गुदामैथुन पुरुष समलिंगीले मात्र प्रयोग गर्छन् ।
१२। एक सामान्य मानिसले चाहना राख्नेबित्तिकै उत्तेजित हुन सक्नुपर्छ ।
१३। लिंग उत्तेजित नहुने पुरुष वास्तविक अर्थमा पुरुष हुन सक्दैन ।
१४। मेनोपजले महिलाको यौन जीवन अन्त्य गर्छ ।
१५। यौन शिक्षाले युवाहरुलाई स्वच्छन्द सेक्सतर्फ लैजान्छ ।
१६। पहिलो सम्भोगमा महिलाको यौनांगबाट रगत आउनुपर्छ ।
१७। एकान्तमा सेक्स गर्दा महिलालाई चरमोत्कर्ष आउनुपर्छ ।
१८। महिनावारीको समयमा गरिने सेक्स अस्वस्थकर र असुरक्षित हुन्छ ।
१९। पहिलोपटकको सम्भोगमा महिला गर्भवती हुन सक्दैनन् ।
२०। दूध खुवाईरहेको समयमा सेक्स गर्दा महिला गर्भवती हुन सक्दैनन् ।
२१। सेक्सका लागि महिला गर्भवती हुन नसक्ने सुरक्षित अवधि पनि हुन्छ ।
२२। स्खलन हुनेबेलामा योनिबाट लिंग निकाल्ने विधि गर्भ रोक्ने उत्कृष्ट तरिका हो ।
२३। होमोसेक्सुअलहरुले पनि यौनसम्बन्धी सपना देख्छन् । तर, समलिंगी सम्बन्धका बारेमा मात्र सपना देख्छन् ।
२४। निदाएको बेलामा हुने चरमोत्कर्ष यौन समस्याको संकेत हो ।
२५। ठूलो लिंगले मात्र महिला पार्टनर सन्तुष्ट हुन सक्छन् ।
तथ्यहरु
१। सेक्सका क्रममा महिलाहरु स्खलित हुँदैंनन् । सम्भोगका क्रममा प्रयोग गरिने लुब्रिकेन्ट्सका कारण यस्तो भ्रम भएको हुन सक्छ ।
२। यौनसन्तुष्टिका लागि एकसाथ चरमोत्कर्ष अनिवार्य हुँदैंन ।
३। रातीको समयमा महिलाहरुले पनि चरमोत्कर्ष अनुभव गर्छन् ।
४। स्वप्न दोष यौन समस्याको संकेत होइन, ती सामान्य यौन प्रक्रियाका अंग हुन् ।
५। कुमारी महिलासंग यौन सम्पर्क गरे यौन रोग निको हुँदैंन । बरु यौन रोग महिलामा सर्न सक्छ ।
६। निरन्तरको हस्तमैथुनका कारण लिंग सानो हुँदैंन । एकपटक आफ्नो आकारमा पुगिसकेको अंग फेरि खुम्चदैंन ।
७। लिंग लामो बनाउन विशेष खालको खाना आवश्यक पर्छ भन्ने कुरा सही होइन । शरीरका अन्य अंगलाई महत्वपूर्ण हुने खानाहरु यौन अंगका लागि पनि उत्तिकै महत्वपूर्ण हुन्छन् ।
८। हस्तमैथुन शारीरिक क्रियाकलापको एउटा अंग हो । नसा भाँच्चिदैंन ।
९। भ्यासेक्टोमी ९पुरुषका लागि० र ट्युबेक्टोमी ९महिलाका लागि० गरिने अपरेशनका कारण यौन चाहना र क्षमता घट्दैन । बरु गर्भ रहने डर नहुँदा सेक्समा झन् आनन्द थपिन्छ ।
१०। पूरुषमा मात्र यौन क्षमता बढी हुने कुरा सही होइन । यौन क्षमता दुवै पक्षमा बराबर हुन्छ ।
११। गुदामैथुन होमोसेक्सुअलले पनि प्रयोग गर्छन् ।
१२। यौन चाहना गर्दा पुरुषको लिंगमा उत्तेजना आउछ ।
१३। उत्तेजनाले कुनै पनि पुरुषको पौरुषत्व छुट्याउन सकिदैंन । अन्य क्राइटेरिया पनि हुन्छन् ।
१४। मेनोपज ९महिनावारीको अन्त्य० महिलाको यौन जीवनको अन्त्य होइन, सन्तान उत्पादन क्षमताको मात्र अन्त्य हो ।
१५। यौन शिक्षा दिँदैंमा युवायुवतीहरु स्वच्छन्द सेक्सतिर जाँदैंनन् । यसले उनीहरुमा यौन बुझ्ने क्षमता वृद्धि गराउँछ ।
१६। सम्भोगविना अधिकांश महिलाहरु चरमोत्कर्ष पाउन सक्दैनन् ।
१७। कुमारीत्वको प्रमाण हाइमेन मात्र होइन । सामान्यतः कुमारीहरुमा योनिको झिल्ली च्याँतिदा रगत आउन सक्छ । यद्यपि विभिन्न खेलकुदमा भागलिँदा, साइकल चढ्दा या ट्याम्पोनको प्रयोग गर्दा झिल्ली च्यातिन सक्छ । त्यसैले पहिलो सेक्सका क्रममा रगत आउनैपर्छ भन्ने जरुरी छैन ।
१८। महिनवारीका क्रममा सेक्स सुरक्षित हुन्छ । तर, त्यसका लागि दूवै पक्षले चाहनुपर्छ ।
१९। पहिलो सम्भोगमै महिलाहरु गर्भवती हुन सक्छन् ।
२०। बच्चालाई स्तनपान गराइरहेको समयमा महिला महिनवारी नहुने हुन सक्छन् । तर, गर्भवती भने हुन्छन् ।
२१। महिनावारीको समयदेखि निश्चित समयसम्म यौनसम्पर्क गर्दा गर्भ रहने खतरा कम हुन्छ । तर, पूर्णतया सुरक्षित भने हुँदैंन ।
२२। वीर्य स्खलन भएको समयमा योनिबाट लिंग झिक्ने विधि त्यति प्रभावकारी हुँदैंन । पूर्ण रुपमा वीर्य झर्नुअगावै केही शुक्राणु झरिसकेको हुन सक्छ ।
२३। वयस्क उमेरअघि यौनजन्य सपना आउनु सामान्य हो ।
२४। निदाएको बेला चरमोत्कर्ष हुनु सामान्य र स्वस्थ हो । यसबारे कुनै चिन्ता लिनुपर्दैन ।
२५। यौन सन्तुष्टिका लागि ठूलो या सानोलिंगले कुनै महत्व राख्दैंन । तर, उत्तेजना भएको समयमा सिधा हुनुचाहि आवश्यक हुन्छ । एजेन्सी
sex
sexual doubt
sexual fact
sexual problem