अर्थ ओटोमोबाइल

चार मोडेलका कोरियाली गाडी बजारमा

चार मोडेलका कोरियाली गाडी बजारमा

काठमाडौँ, ३० वैशाख । दक्षिण कोरियाको अटोमोबिल कम्पनी ‘साङयोङ’ले उत्पादन गरेको चार विभिन्न मोडेलका नयाँ गाडी नेपाली बजारमा आएका छन् ।

आइएमएस ग्रुप ‘साङयोङ मोटर्स’को नेपालका लागि आधिकारिक वितरकले ती गाडी नेपाली बजारमा बिक्री वितरण सुरु गरेको हो ।

13173364_612535523107_7875188356498722866_o

बुधबार आयोेजित एक कार्यक्रममा साङयोङ शोरुमको उद्घाटन आइएमएस ग्रुपका अध्यक्ष दीपक मलहोत्रा तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डिकेश मलहोत्राले गर्नुभयो ।

लक्जरी गाडीको एक उदाउँदो बजार नेपालमा सुविधा सम्पन्न गाडी चढ्न चाहने धनाध्यवर्गलाई लक्ष्य गरी ती गाडी नेपालमा बिक्री वितरण गर्ने कार्य सुरु गरिएको आइएमएस ग्रुपका अध्यक्ष दीपक मलहोत्राले बताउनुभयो ।

13217080_612535258637_6625854218992927580_o

आइएमएस मोटर्सले हाल साङयोङका टिभोली, कोरान्डो, रेक्स्टन तथा एक्टियनजस्ता लक्जरी कार तथा एसयुभीका मोडेल नेपाली बजारमा ल्याएको छ । टिभोली गाडीको मूल्य रु ५३ लाख ७५ हजार रहेको छ । त्यस्तै कोरान्डो गाडीको मूल्य रु ७५ लाख २५ हजार छ भने रेक्सटन गाडीको मूल्य रु ९९ लाख ७५ हजार छ । त्यस्तै एक्टियन स्पोर्टस नामक गाडीको रु ५५ लाख पर्छ ।

13221341_612536281587_6726138248288957745_o

आइएमएस मोर्टसले साङयोङको गाडी खरिद गर्ने पहिलो १४ ‘विशेष’ ग्राहकका लागि स्क्र्याच कुपनमार्फत विशेष उपहारको पनि योजना राखेको छ । रासस

विशेष