अपराध सुरक्षा स्वास्थ्य

बर्षमा दश लाखले गर्छन आत्महत्या, चर्चित व्यक्ति जसले गरे आत्महत्या

बर्षमा दश लाखले गर्छन आत्महत्या, चर्चित व्यक्ति जसले गरे आत्महत्या
Suicide31 मानिसलाई सबैभन्दा प्यारो लाग्ने के होला ? सजिलै भन्न सकिन्छ–आफ्नो जीबन । तर, तथ्याङ्क भन्छः बर्षेनी दश लाखले आफ्नो जीबन आफैंले अन्त्य गर्छन । अर्थात आत्महत्या गर्छन । प्रत्येक ४० सेकेण्डमा एक जना व्यक्तिले आत्महत्या गरिरहेको हुन्छ । तपाईले यति पढुन्जेल कसैले आत्महत्या गरिसकेको छ । विश्वभरका व्यक्तिका लागि सपनाको भुमी ठानिएको अमेरिकामा मात्रै ३५ हजार व्यक्तिले बर्षेनी आत्महत्या गर्छन । नेपालमा पनि आत्महत्या गर्नेको संख्या बढ्दो छ । नेपाल प्रहरीमा तथ्यांकको अनुसार नेपालमा वि.सं. २०६५ देखि २०७३ बैसाखसम्म ३००३८ आत्महत्या गरिसकेका छन् । झुन्डिएर आत्महत्या गर्नेहरु १६ हजार आठ सय १२ रहेका छन् । यसै अविधिमा विष पिएर १०३०० जनाको मृत्यु भएको छ । २०६५ देखि हालसम्मको आत्महत्याको विवरण ।

२०६५÷२०६६ – ३०६१ २०६६÷२०६७ – ३३०९ २०६७÷२०६८ – ३६९९ २०६८÷२०६९ – ३९७७ २०६९÷२०७० – ३९७४ २०७०÷२०७१ – ४५०४ २०७१÷२०७२ – ४३३२ २०७२÷२०७३ बैशाख सम्म – ३१८२

धनी देखि गरिवसम्म बच्चादेखि वृद्धसम्म महिलादेखि पुरुषसम्म, प्रसिद्ध र चर्चित व्यक्तिदेखि विद्यार्थीसम्म जुनसुकै वर्ग तथा समूहका मानिसहरुले आत्महत्या गरेको देखिन्छ । डिप्रेसन र आत्महत्या विभिन्न अनुसन्धानले देखाए अनुसार आत्महत्याको प्रमुख कारण डिप्रेसन हो । आत्महत्या गर्ने ७५ प्रतिशत मानिसमा डिप्रेसन हुन्छ । डिप्रेसन साझा मानसिक समस्या हो । डिप्रेसनको समस्या भयावहछ । कूल जनसंख्याको ३० प्रतिशतलाई कुनै न कुनै किसिमको डिप्रेसन छ । यो हिसावले हेर्दा झण्डै एक करोड नेपालीमा सामान्यदेखि जटिलसम्मको डिप्रेसन छ । आत्महत्या गर्नुका जोखिमपूर्ण कारणहरु आत्महत्या एउटा विश्वव्यापी समस्या हो । डिप्रेसन, निरासा, सामाजिक सहयोगमा कमी, आर्थिक समस्या, पारिवारिक सम्बन्ध टुट्नाले पनि आत्महत्याका घटनाहरु वढेका छन् । वैदेशिक रोजगारमा गएका व्यक्तिका श्रीमतीमा डिप्रेसनको समस्या बढी देखिने गरेको छ । मानसिक समस्या बल्झदै गएपछि उनीहरुले आत्महत्या गरेको देखिन्छ । बैदेशिक रोजगारमा जानेको संख्या बढेझैं आत्महत्या गर्ने महिलाको संख्यापनि बढेको देखिन्छ । मानसिक सन्तुलन विग्रनाले तथा लागुपद्धार्थको लतका कारणलेपनि आत्महत्याको घटना बढ्ने गरेको छ । कलेज पढ्दै गरेका विद्यार्थीमा आत्महत्याको जोखिम बढ्दो छ । किन गर्छन कलेज तहका विद्यार्थीले आत्महत्या पछिल्लो समयमा कलेज÷क्याम्पस पढ्ने किसोर किसोरीहरुले आत्महत्या बढी गर्ने गरेका छन् । निम्न कारणले गर्दा कलेज पढ्ने विद्यार्थीहरुले आत्महत्या गरेको देखिन्छ ।
  • नयाँ वातावरणमा घुलमिल हुन नसक्नु,
  • सामाजिक सहयोग नपाउनु,
  • घरमा सुरक्षित वातावरण नपाउनु,
  • शैशिक तथा सामाजिक दवाव वढ्नु,
  • शैशिक स्थिति कमजोर हुन तथा अनुर्तिण हुने डर,
  • लागुपदार्थ तथा मादक पदार्थको सेवान गर्नु
नेपालका चर्चित व्यक्ति जसले आत्महत्या गरे

विश्वजित मल्ल

विश्वजित कान्तिरपुर राज्यका राजा थिए । वि.सं. १७५८ राजा भएका उनले १७६० आत्महत्या गरे ।

योगमाया न्यौपाने

वि.सं. १८६० मा भोजपुरमा जन्मेकी उनी महिला अधिकारकर्मी तथा धार्मिक गुरु थिइन । उनले सन् १९४१ मा आत्महत्या गरिन । उनका अनुयायीले यसलाई जलसमाधि भन्ने गरेका छन् ।

सुन्दरे शेपा

सगरमाथा हिमालका पथप्रदर्शक थिए । उनी पाँच पटकसम्म सगरमाथाको सफल आरोहण गरिसकेका थिए । उनलेपनि आत्महत्या गरे ।

भिमसेन थापा

नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापा नेपालका राष्ट्रिय विभुती हुन । उनको जन्म १८३२ मा भएको थियो । उनले १८९६ मा आत्महत्या गरे ।

भरतराज उप्रती

पुर्वन्यायाधिस भरतराज उप्रतीले २०७२ सालमा आत्महत्या गरेका थिए ।

आत्महत्या र समाजबीचको समबन्ध प्रसिद्ध समाजशास्त्री तथा मानवशास्त्री इमाइल दुर्खिमले आत्महत्याको कारण समाजलाई मानेका छन् । समाजो रीतिरिवाज, संस्कृति र सामाजिक घटनाले आत्महत्याका लागि मनोविज्ञान तयार गरिदिन्छ । वरिष्ठ मानवशास्त्री डा. ओम गुरुङका अनुसार समाजका रीतिरिवाज, चालचलन र नीतिनियममा आफूलाई समायोजन हुन नसकेर वा राजनीतिक, आर्थिक तथा सामाजिक दवाव झेल्न नसकेर आत्महत्या गर्नेहरु धेरै छन् । कसरी बचाउन सकिन्छ आत्महत्याको नजिक पुगेका मानिसलाई मानसिक रोग विशेषज्ञ डा निराकारमान श्रेष्ठ भन्छन् डिप्रेसन भएको मानिसलाई एकन्तमा बस्न नदिने, सामाजिक, आर्थिक दवावहरु सृजना हुन नदिने गर्नुपर्छ । समाजमा घुलमिल गराउने, सधै उनीहरुको कुरा सुनिदिने, समस्या पत्तालगाएर त्यसको समाधानको लागि प्रयास गरिदिनुपर्छ । किसोरकिसोरी वढि आवेगमा आएर आत्महत्या गर्ने हुँदा उनीहरुलाई विशेष ध्यान दिनु जरुरी छ । युवाहरुमा प्रेमसम्बन्ध र शारीरिक सम्बन्धबीच टक्राव आउँदा आत्महत्या गर्ने सम्भावना बढी हुन्छ । योग, ध्यान तथा नयांनयां ठाऊंको घुमफीरले मानिसको मन हलुका हुन्छ र आत्महत्याबाट बच्न सहयोग पुग्छ । प्रस्तुति : सागर बुढाथोकी

विशेष