नेपालकाे व्यापार घाटा–नाफा काेसँग कति
जेठ २० । चालू आर्थिक वर्षको वैशाखसम्म नेपालले १३ मुलुकमा मात्रै निर्यात गर्न सकेको छ । आयात भने यसको ४ गुणा अन्य मुलुकबाट गर्दै आएको छ । आयातको तुलना निर्यात घट्दै गएको सरकारी तथ्यांकले देखाएको छ । नेपालले यो अवधिमा संसारका ५० मुलुकबाट वस्तु आयात गरेको छ ।
नेपालको वैदेशिक व्यापार हुने कुल १ सय ७७ मुलुकसँग निर्यात भन्दा वस्तु आयात गर्ने मुलुकको संख्या धेरै बढी छ । १ सय ३८ मुलुकसँग व्यापारघाटा छ भने ३९ मुलुकसँग मात्र व्यापार नाफामा रहेको भन्सार विभागले जनाएको छ ।
नेपालको सबैभन्दा बढी व्यापारघाटा भारतसँग छ । वैशाखसम्ममा भारतसँग मात्र ३ खर्ब ४० अर्ब ८५ करोड रुपैयाँ व्यापारघाटा छ । सबैभन्दा कम घाटा जाम्बियासँग १ हजार रुपैयाँ छ ।
चालू आवको १० महिनामा कुल व्यापारघाटा ५ खर्ब ४४ अर्ब ४१ करोड रुपैयाँ छ । गत वर्ष ७ खर्ब ९९ करोड रुपैयाँ व्यापारघाटा भएको थियो । व्यापारमा सबैभन्दा नाफा बेलायतसँग ७३ करोड ५६ लाख र कम वेस्टन साहरासँग ८ हजार रुपैयाँ छ ।
कुन मुलुकसंग ब्यापार घाटा कति ?
सबैभन्दा धेरै व्यापार हुने भारतसँगको व्यापारघाटा ३ खर्ब ४० अर्ब पुगिसकेको छ । चीनसँग ९२ अर्ब रुपैयाँ पुगेको व्यापारघाटा यस वर्ष १ खर्ब रुपैयाँ नाघ्ने अनुमान छ । कुल व्यापारघाटाको झन्डै ७८ प्रतिशत हिस्सा भारत र चीनसँग छ ।
भारतसँग ३ खर्ब ४० अर्ब ६२.५ प्रतिशत
चीनसँग ९२ अर्ब १६.७ प्रतिशत (चीनसँग निर्यातभन्दा आयात ६६ गुणा बढी छ ।)
संयुक्त अरब इमिरेट्स १५ अर्ब १५ करोड,
अर्जेन्टिनासँग ६ अर्ब ३९ करोड,
फ्रान्ससँग ५ अर्ब २९ करोड ,
अमेरिकासँग ६८ करोड ८६ लाख,
नर्वेसँग ९ करोड ६१ लाख,
अफगानिस्तान ८ करोड ६४ लाख छ ।
अन्य मुलुकसंगको स्थिती अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, जापान, कोरिया, मलेसिया, पारग्वे, साउदी अरब, सिंगापुरलगायत मुुलुकमा व्यापार घाटा भएको छ । ती मुलुकसँग १ अर्ब रुपैयाँभन्दा बढी व्यापार भएको छ । इरानसंग २ करोड ४४ लाख रुपैयाँ नाफा छ । जिम्बावे बर्मुडा, आइसल्यान्डलगायत १ लाख रुपैयाँ हाराहारीमा व्यापार हुने मुलुकसँग भने वैदेशिक व्यापार नाफामा छ ।