अर्थ सफलताको कथा

किशोर अवस्थामै मालामाल

किशोर अवस्थामै मालामाल

 


धेरै मानिसको जिज्ञासाको विषय हो सफल कसरी बन्ने । विश्वका प्रसिद्ध व्यक्तिहरु कसरी सफल भए भन्नेबारे अक्सर धेरैले चासो राख्ने गर्दछन् । सफल मात्र होइन धनाढ्य पनि कसरी बन्ने अधिकाशं मानिसको सोचाइ हुन्छ ।

कोहीले तिनीहरूको सानदार र व्यवस्थित विचारलाई सफलताको सूत्र मान्छन् । केहीले भने तिनीहरूको कडा परिश्रमलाई धनाढ्य बन्ने औजार ठान्छन् । विश्वमा केही उद्यमीहरू चाँडै धनी बनेका छन् भने कोही बुढ्यौलीमा अर्बपतिको उपाधि पाएका छन् । किशोर र युवा अवस्थामै पनि विश्वको धनाढ्यहरूको सूचीमा पर्नेहरू प्रशस्तै छन् । अर्थात् कानुनी रूपमा पिउने उमेरमा पुग्नु अगावै पनि पहिलो पटक लखपति बन्नेहरू विश्वमा उल्लेख्य संख्यामा छन् । अधिकांश किशोरहरू आफ्नो जवानी उताउलोपनमा बिताउँछन् ।

कोही नोकरी खोज्नैमा व्यस्त हुन्छन् । कोही चाहिँ आमाबुबाको सम्पत्तिमा फास्फुड, डेटिङ, महँगा मोबाइल, घुमफिर, सिनेमा हेर्नमा खर्च गरेरै व्यतित गर्छन् । परिवारको आर्थिक अवस्था राम्रो भएका अधिकांशले यस्तै गर्छन् । तर, परिवारको कमजोर आम्दानी भएकाहरूमध्ये कोही आफ्नो जवानी होटलमा मजदुरी गरेर या खुद्रा व्यापारमा कमिसनमा काम गरेरै पनि बिताउने गरेको भेटिन्छन् । मुलुकमा रोजगारीको अभावमा केहीले आफ्ना युवा र पौरखी हातका नंग्राहरू विदेशमा गएर खियाउँछन् । तर, कमैले मात्र आफ्नै सीपमा स्वदेशमै नौलो खालको व्यापार गर्छन् । त्यस्ता व्यक्ति सफल पनि भएका छन् । यसरी सफल भएकाहरूको संख्या एउटारदुइटा मात्र होइन, उल्लेख्य छ । तीमध्ये सर्बाधिक धनाढ्य किशोर किशोरीहरु यसतो काम गरेर धनी भए । विश्वमा केही किशोरहरू कडा परिश्रम र नयाँ सोचका साथ अघि बढ्दा कम उमेरमै सफल भएका छन् । भनिन्छ, संसारमा उपयोगी सल्लाह दिनेहरूको कुनै कमी छैन । त्यसलाई मनन गर्दै सानो रकम तर पक्का दृढ विश्वासका साथ व्यापार थाल्ने निर्णय गर्नेहरू कमै भेटिन्छन् । तिनीहरू छोटो समयमै लखपति र अर्बपति बनेका छन् । ‘फस्टह्यान्ड’ का रूपमा चिनिने ‘बच्चाहरू’ पनि ‘गुड आइडिया’ र सिर्जनाबाट सफल हुँदा रहेछन् । त्यसैले यो निष्कर्ष निकाल्न सकिन्छ कि धनाढ्य बन्नका लागि उमेरको छेकबार छैन । सेयर बजारमा खेल्दै आफ्नै कम्पनी खोलेर त्यसलाई माथि उकास्नेहरू प्रशस्तै छन् । अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार २० वर्ष नटेकेका धनाढ्य किशोरहरूको संख्या विश्वमा ४० जति छ ।

अस्ले क्वाल्स अस्ले क्वाल्स पनि सन् २००४ मा १४ वर्षका छँदा ‘ह्वाट इभरलाइफ डट कम’ वेबसाइटका संस्थापक बनेर आठ मिलियन अमेरिकी डलर सम्पत्ति कमाउन उनी सफल भइन् । सन् १९९० जुन ४ मा अमेरिकी राज्य मिचिगन डेट्रोइटमा जन्मेकी उनी आमासँग मात्र आठ अमेरिकी डलर फर्काउने सर्तमा सापटी लिई सुरुमा फ्रीमै ‘माइस्पेस लेआउट्स’ सेवा सञ्चालनमा ल्याएकी थिइन् । हाल क्वाल्सले खोलेको वेबसाइट हरेक महिना ६० मिलियनले हेर्ने गरेका छन् ।

क्यामेरोन जोहनसन यसै गरी अमेरिकाको भर्र्जिनयामा जन्मेका क्यामेरोन जोहनसनले त ११ वर्षकै उमेरमा सिर्जना गरेको ‘ग्रिटिङ कार्ड’बाट हजारौं डलर कमाउन सफल भए । पछि त्यसरी कमाएको धनबाट उनले आफ्नै व्यापार थाले, जुन सफल पनि भयो । उनले आफ्नो लगानी रणनीतिका लागि ‘सर्फिङप्राइज डट कम’ वेबसाइट समेत खोल्न भ्याएका थिए । एउटा ‘टुलबार’ सेवाका रूपमा यसलाई उनले प्रयोग गर्दै मासिक साढे ३ लाख अमेरिकी डलरभन्दा बढी कमाउन थाले । हाई स्कुलमा पढ्दै गर्दा उनको सम्पत्ति एक मिलियन अमेरिकी डलर नाघिसकेको थियो ।

सिन बेलनिक किशोरमै धनाढ्य बनेका सिन बेलनिकको सफलताको कथा पनि उस्तै छ । उनले १६ वर्ष उमेरमा ६ सय अमेरिकी डलरमा ‘ई टेल सप’ खोलेर २४ मिलियन अमेरिकी डलरभन्दा बढी सम्पत्ति जुटाउन सफल भए । उनले आफ्नो व्यापार एउटा सानो व्यावसायिक कार्डहरू (बिजनेस कार्डस) बाट सुरु गरेका थिए । पछि उनी ‘बिजचेयर डट कम’ वेबसाइट खोलेर फर्निचर व्यवसायतिर हानिएका थिए । त्यसले उनलाई २० वर्ष नपुग्दै लखपतिको सूचीमा र्पुयाइदियो । अमेरिकी राज्य जर्जियाको क्यान्टोनमा प्रधान कार्यालय रहेको ‘बिजचेयर डट कम’ ले अफिस चेयर्स, स्टक चेयर्स, फोल्डिङ, चर्च चेयर्स तथा अफिस फर्निचर, रेस्टुरेन्ट फर्निचर उत्पादन गरी अनलाइनमार्फत बेच्दै आएका छन् ।

जुलिएट ब्रिन्ड्याक यस्तै सफलता हात पारेकी किशोरीमा जुलिएट ब्रिन्ड्याक पनि हुन् । उनले १० वर्ष उमेरमा सुरु गरेको ‘स्केच’ सिर्जनालाई सामाजिक मिडिया मञ्चको पूरकका रूपमा विकास गर्दै मनग्ये धन आर्जन गर्न सफल भइन् । अमेरिकाको न्युयोर्क सहरमा जन्मेकी उनी यो सफलता १६ वर्षमै ‘मिस ओ एन्ड फ्रेन्ड्स’ कम्पनी खोलेर पाएकी हुन् । हाल उनको यो कम्पनीको सम्पत्ति १५ मिलियन अमेरिकी डलरभन्दा बढी पुगेको छ । कम्पनीको आम्दानीको स्रोत विज्ञापन हो ।

डेविड र क्याथेरिन कुक  अमेरिकी किशोर भाइबहिनी डेविड र क्याथेरिन कुकले आफ्नै आइडियामा सञ्चालनमा ल्याएको वेबसाइटबाट लखपति बने । खेल्ने र रमाइलो गर्ने उमेरमै यी दुईले ‘माई इयरबुक डट कम खोलरै सय मिलियन अमेरिकी डलरको सम्पत्ति जुटाउन सफल भए । आफ्ना दाजुको आर्थिक सहयोगमा खोलिएको डिजिटल इयरबुक अझै पनि सोसल मिडियामा लोकप्रिय छ ।

निक डी एलाइसियो यसैगरी १७ वर्षीय बेलायती नागरिक निक डी एलाइसियोले किशोरावस्थामै एउटा ‘डिजाइन एप’ खोलेर ३० मिलियन अमेरिकी डलरभन्दा बढीको सम्पत्ति जोड्न सफल भए । उनले यसका लागि आफू १२ वर्षकै छँदा सुरु गरेको ‘कोडिङ’ प्रविधिलाई ‘न्युज एप’ का लागि विकास गरेका थिए ।

आदम होरोविच यसैगरी किशोर अवस्थामै लखपति बन्नेहरूमा आदम होरोविचको नाम नलिई रहन सकिन्न । उनले १५ वर्ष उमेरमै मोबाइल मार्केटिङका लागि ‘ट्युटोरियल भिडियो’ सञ्चालन गर्न ‘मोबाइल मोनोपोली’को विकास गरेका थिए ।

young rich people

विशेष