यौन-शिक्षा

सेक्स लत लागेको हुन सक्छ

सेक्स लत लागेको हुन सक्छ
बारम्बार सेक्स गर्न मन लाग्छ । महिलालाई देख्नेबित्तिकै उत्तेजना आएको महसुस हुन्छ । या अश्लील चलचित्र हेर्न मन पर्छ । यदि यसो हो भने सेक्स लत लागेको हुन सक्छ । sex-ed2 धूमपान, मदिरापान, चिया जस्ताको लतजस्तै यो पनि एक किसिमको लत हो । सेक्स एक प्राकृतिक क्रिया हो । तर, सम्झनुपर्ने कुरा के छ भने हरेक बानी सामान्यभन्दा बढी हुन्छ भने त्यसले व्यक्तिमा नकारात्मक असर छाड्छ । जब यौन क्रिया नियन्त्रणभन्दा बाहिर हुन्छ भने त्यसलाई सेक्स लत भनिन्छ । यसबाट उसको व्यवहार पनि परिवर्तन आउछ, जसको असर उसको निजी, सामाजिक तथा व्यवसायिक जीवनमा पर्छ । उनीहरुका लागि सेक्स परिवार, साथीभाई र कामभन्दा माथि हुन्छन् । सामान्यतः सेक्स लत किशोरावस्थामा लाग्छ । कैयौं मानिस किशोरावस्था पार गर्नेबित्तिकै सम्हालिन्छन् भने कतिपय ४० वर्षको उमेरपछि सेक्सका लागि लालायित हुन्छन् । सेक्सका दौरान एकप्रकारको तरल पदार्थ निस्कन्छ, जसले मानिसलाई यौन सुखको महसुस गराउछ । सेक्स लतको सुरुवात हस्तमैथुनबाट सुरु हुन्छ । यस्तो बेला किशोरकिशोरीहरु ढोका बन्द गरेर या एक्लै भएको मौका पाउनेबित्तिकै हस्तमैथुन गर्न थाल्छन् । मौका पाउनेबित्तिकै पार्ने वेबसाइट, पुस्तक तथा फिल्म हेरिहाल्छन् । सामान्यतः हस्तमैथुनको नराम्रो असर नहुने सेक्सोलोजिष्टहरु बताउछन् । तर, अति हस्तमैथुनले स्वाभाविक रुपमा असर गर्छ । यसका साथै उनीहरु मनोवैज्ञानिक रुपमा हरपल विचलित हुन्छन्, सेक्सुअल्ली कमजोर भइयो भनेर ।  यस्ता कतिपय व्यक्तिहरु इन्टरनेटमा पनि यौनिक रुपमा प्रस्तुत हुन्छन् । अपरिचित महिलालाई यौनको दृष्टिकोणले हेर्छन् । यस्ता मानिसहरु धेरै महिलासंग संबन्ध बनाउन पछि पछि हट्दैनन् । सेक्स लतको शिकार पुरुषमात्र होइन, महिला पनि हुन्छन् । पुरुषजस्तै महिला पनि एकान्तको मौका पाउनेबित्तिकै हस्तमैथुनमा लिप्त हुन्छन् । यहीकारण किशोरीले अनिच्छित गर्भधारण गर्ने क्रम पनि बढ्दै गएको छ । एक अध्ययनका अनुसार सेक्स लतका कारण ७० प्रतिशत महिलाको वैवाहिक जीवन प्रभावित हुनेगरेको छ । ४० प्रतिशत महिलालाई श्रीमानले छाडेका हुन्छन् भने ७२ प्रतिशतले आत्महत्याको प्रयास गर्छन् । यस्तै, ६८ प्रतिशत यौन रोगबाट ग्रसित हुन्छन् भने २७ प्रतिशतको करिअर डामाडोल भएको हुन्छ । एजेन्सीको सहयोगमा

sex problem sex problem and solution

विशेष