अर्थ विचित्र विश्व

विभिन्न देशका मुद्राहरुको नाम कसरी जुर्यो

विभिन्न देशका मुद्राहरुको नाम कसरी जुर्यो
हाल विश्वमै डलरको प्रयोग बढेको छ । जुन बेलायत, अष्टेलिया, क्यानडा, न्यूजिल्याण्ड, सिगापुर, खाडी मुलुकलगायत विश्वका धेरै देशमा प्रयोग हुन्छ । नेपालमा समेत औपचारिक तथा अनौपचारिक रुपमा बिगत लामो समय देखिनै प्रयोग गरिँदै आएको छ ।  जर्मन शब्द जोचिमस्थल भनेको जोचिमको गाउँठाउँ हो । जहाँ चाँदीको खानी छ । त्यस खानीबाट सिक्का बनाइने हुनाले त्यो ठाउँलाइ जोचिमस्थालर भनियो, जुन शब्दलाई छोट्याएर थालर भन्न थालियो । थालर शब्द परिवर्तित हुँदै डलर बन्यो र पछि अक्सफोर्ड शब्दकोषमा त्यही नाम राखियो । dollar नेपालमा प्रयोग हुने रुपैयाँ तथा भारत, पाकिस्तान र इण्डोनिसीयामा प्रयोग गरिने रुपये , संस्कृत शब्द रुप्याको रुपान्तरण हो । यसको अर्थ मूल्यवान् कलात्मक चाँदी हुन्छ । NepalPNew-1000Rupees-(2002)-donatedsrb_b   अन्यदेशको मुद्राको नामाकंन कसरी भयो ? मेक्सिकोको मुद्रा पेसो को शाब्दीक अर्थ स्पेनिस भाषामा तौल हुन्छ ।  peso   इटाली र टर्किको मुद्रा लिरा हो । यो ल्याटिन शब्द लिब्राबाट लिइएको हो । ल्याटिन भाषामा लिब्रालाई पाउण्ड भनिन्छ । पाउण्डको अर्थ चाहीँ तल पढ्नुहोला । lira नेदरल्याण्ड र फिनल्याण्डमा यूरो चलनचल्तीमा आउनुभन्दा पहिले मार्क र मार्का चलनचल्तीमा थियो । यी दुवै शब्द स्थानीय भाषामा तौल एकाईबाट लिइएको हो ।  mark कतार, साउदी, ओमन, यमन र इरानको मुद्रालाइ रियाल भनिन्छ । यो ल्याटिन शब्द रिगालिस बाट रुपान्तरण भएको हो । ल्याटिन भाषामा रिगालिस भनेको रोयल हो । स्पेनले पनि यूरो चलनमा ल्याउनुभन्दा पहिला रियाल नै प्रयोग गरिन्थ्यो ।  rial डलर जस्तै, दक्षिण अफ्रिकामा प्रयोग हुने मुद्रा र्यान्ड, दक्षिण अफ्रिाको सहर विटवाटरस्ट्यान्डबाट लिइएको हो । जहाँ सुन प्रशस्तै मात्रामा पाइन्छ ।  rand चिनिँया युआन, जापानीज येन र कोरियन वन यी सबै मुद्राहरु एउटा चिनिँया वर्णबाट लिइएको हो, जसको अर्थ गोलो अथवा गोलो सिक्का हुन्छ ।  chinese-yuan-japanese-yen-and-korean-won युरोपका प्रायः स्क्यानेभियन देशहरुमा प्रयोग गरिने मुद्राको नाम कोरोना ल्याटिन शब्दबाट लिइएको हो । यो शब्दको अर्थ क्राउन हो । स्वीडेनको क्रोना, नर्वेको क्रोन, डेनमार्कको क्रोन, आइसल्याण्डको क्रोना, इस्टोनीयाको क्रून र चेक रिपब्लिकको क्रोरुना यी सबै खाले मुद्राहरुको नाम ल्याटिन शब्द कोरोनाबाटै लिइएको हो । हाल चेक रिपब्लिक बाहेकका माथी उल्लेखित स्क्यानेभियन देशहरुमा यूरो चलन चल्तीमा आइसकेका छन् । crown (1) जोर्डान, अल्जेरीया, सर्बिया र कुवेतको मुद्राहरुलाई दिनार भनिन्छ । दिनार शब्द ल्याटिन भाषाको देनारियस को रुपान्तरण हो । यसलाई प्राचीन रोममा चाँदीको सिक्काको रुपमा प्रयोग गरिन्थ्यो ।  dinar बेलायतमा प्रयोग गरिने पाउन्ड ल्याटिन भाषाको पाउन्डसबाट लिइएको हो । जसको अर्थ तौल हुन्छ । इजिप्ट, लेबनान, दक्षिण सुडान, सुडान र सिरियाको मुद्रालाई पनि पाउन्ड भनिन्छ ।  pound रसिया र बेलारुसको मुद्राको नामाकरण चाँदी तौलिने एकाइबाट भएको हो । पोल्याण्डको मुद्रालाइ ज्लोटी भनिन्छ । ज्लोटीलाई पोलीस भाषामा सुनौलो भन्ने गरिन्छ । zloty  हंगेरियन मुद्रा फोरिन्ट, इटालियन शब्द फियोरिनोको रुपान्तरण हो । इटालियन भाषामा यसको अर्थ सुनको सिक्का हुन्छ ।  forint मलेसियाको मुद्रालाइ रिङ्गीट भनिन्छ । मले भाषामा रिङ्गीट को अर्थ धारिलो छेउ भएको बस्तुलाई जनाउँछ । मलेसियामा रिङ्गीट प्रयोगमा आउनुभन्दा पहिले चाँदीको स्पेनिस डलर (सिक्का) चलाइन्थ्यो ।  ringgit एजेन्सीको सहयोगमा    

meaning of Money money

विशेष