अर्थ

नेप्सेले १६ सय अंक छोयो

नेप्सेले १६ सय अंक छोयो
जेठ - ३०, साताको पहिलो दिन आइतबार नेप्से परिसूचकले अपरान्हसम्ममा करिब ३४ अंक बढेर १६ सय अंक छोएको हो । आइतबार नेप्से ३१.२६ अंकले बढेको छ । share 2नेप्सेको १५९७.९६ अंक अहिलेसम्मको सर्वाधिक उच्च विन्दु हो । अहिलेसम्मकै उच्च कारोबार गरेर आइतबार कारोबार रकमले पनि नयाँ रेकर्ड कायम गरेको छ । १ अर्ब ९६ करोडको कारोबार भएको छ । सेयर बजार वृद्धि र कारोबार दुवै हिसाबले निकै सशक्त देखियो । बैंक र बिमा दुवै चम्किएका छन् ।  बैंकको परिसूचक ५० अंकले बढेको थियो र बजार बन्दा हुँदा बैंक वृद्धि ४७।४७ मा अडिएको छ। त्यसैगरी बिमाको परिसूचक झन्डै सय अंकले बढे पनि बजार बन्द हुँदा यो वृद्धि ३० अंकमा अडिएको छ । ८० प्रतिशत हकप्रद ल्याउने नेपाल बंगलादेश बैंकको आकर्षक प्रस्तावले बजार तातिएको छ । उक्त बैंकको सेयर मूल्यसंगै आइतबार मात्र ३५ करोडको कारोबार भएको छ । त्यसैगरी बढी कारोबार हुने अन्य कम्पनीमा बैंक तथा इन्सुरेन्स छन् ।  

share bajar

विशेष