चीनले नेपालमा थप लगानी गर्न इच्छुक : उद्योगमन्त्री पाण्डे
जेठ – ३०, नेपाल भ्रमणमा रहेको चिनियाँ उद्योगी व्यवसायीहरुको टोलीले उद्योगमन्त्री सोमप्रसाद पाण्डेसंग भेटवार्ता गरेको छ ।
काठमाडौंको डिल्लीबजार स्थित भोजन गृहमा भएको भेटमा नेपालमा चिनिया लगानी भित्राउने विषयमा छलफल भएको थियो । चिनियाँ टोलीले दमक औद्योगिक क्षेत्रमा लगानी गर्न र औद्योगिक क्षेत्रकै पूर्वाधार निर्माण गर्न इच्छा देखाएको मन्त्री पाण्डेले जानकारी दिए ।
भेटघाटमा सहभागी पूर्व उद्योगमन्त्री महेश बस्नेतले दमक औद्योगिक क्षेत्रमा चिनियाका साथै कोरिया र जापान लगायतका देशहरुले लगानी गर्न उत्साह देखाउनु नेपालका लागि खुसीको विषय भएको बताए।
भेटघाटमा सहभागी उञ्चार उद्यमी भास्करराज कर्णीकारले नेपालमा लगानी गर्नका लागि अहिले उपयुक्त समय भएकाले लगानी गर्न चिनियाँ व्यवसायीहरुलाई आग्रह गरे ।भेटघाटमा उद्योग मन्त्रलायका उच्च अधिकारीहरु र उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुश कुमार जोशी लगायतको सहभागीता रहेको थियो ।
China nepal