अपराध सुरक्षा Technology

तस्विर पोस्ट गर्दै हुनुहुन्छ, फन्दामा पर्नु होला है ?

तस्विर पोस्ट गर्दै हुनुहुन्छ, फन्दामा पर्नु होला है ?
सामाजिक संजालमा भाइरल भएको कुनै पनि कुरालाई सोच विचार नगरी त्यतिकै पोस्ट गर्दा खतरा हुन सक्छ । त्यसैले कुनै पनि भाइरल भएको तस्विरलाई जानअन्जानमा पोस्ट गर्ने गल्ती नगर्नु नै उत्तम हुन्छ । कसैको विरोध गरिएको होस् वा कसैको समर्थन गरिएको होस् त्यस्ता पोस्टहरुलाई शेयर गर्नु अपराध गर्नु हो । भारतमा एउटा यस्तै घटना घटेको थियाे । एक पत्रकारले प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा फेक तस्विर शेयर गरेर ठूलो मूल्य चुकाउनु पर्यो । पत्रकार राघव चोपडाले प्रम मोदीको फोटोसपबाट तायर पारिएको फोटो आफ्नोे फेसबुक र ट्विटरमा शेयर गरेका थिए । उनले पोस्ट गरेको फेक तस्विरमा मोदीले साउदीका राजाको खुट्टा छुँदै गरेको देखाइएको थियो । उक्त फोटा ट्विटरमा राखेर अगाडि उनले लेख – ‘कसैले मलाई बताउन सक्छ मोदी साउदी अरबमा के गरिरहेका छन् ? निश्चित रुपमा उनले जे गरिरहेका छन् त्यो साचो नहुन सक्छ ।’  [caption id="attachment_5948" align="alignnone" width="650"]modi-650_040516123059 ichowk[/caption] के हो यो तस्विर उक्त तस्विर वास्तवमा मोदीले बिजेपीका नेता लाल कृष्ण आडवाणीको खुट्टा छुँदै गरेको थियो । पछि तस्विरमा आडवाणीको ठाउँमा साउदी राजा राखिएको हो । मोदीको यो तस्विर सोसियल मिडियामा शेयर हुन थाल्यो । राघवले पनि यसको वास्तविक्ता नबुझि आफ्नो ट्वीटर र फेसबुकमा शेयर गरिदिए । यो तस्विर पहिलो पटक ५ डिसेम्बर २०१५ मा पोस्ट भएको थियो । त्यसको करिब चार महिना पछि मोदी साउदी अरबको यात्रामा रहेको बेला फेरि त्यही तस्विर सामाजिक संजालमा पोस्ट हुन थाल्यो । त्यसपछि के भयो ? यो तस्विरमा सबैभन्दा पहिला बिजेपी सांसद महेश गिरीले आपत्ति जनाए । त्यसपछि बिजेपीले राघव विरुद्ध आम मानिसहरुलाई फेक तस्विरले उल्झनमा परेको भन्दै उजुरी दियो । बिजेपीको उजुरीपछि केन्द्रीय सूचना एवम् प्रसारण मन्त्रालयले तुरुन्त यस विषयमा नियम उल्लंघन भए नभएकोे जाँच गर्ने बतायो । उजुरी गरेपछि राघव चोपडाले ट्वीटरबाट उक्त तस्विर डिलिट गरिदिए र फेसबुक र ट्वीटरबाट माफी पनि मागे । त्यस्तै राघवको समाचार संस्था सिएनएन, आईबिएनले पनि राघवले ट्वीटरमा राखेको फेक फोटो प्रति क्षमायाचना माग्यो । यो घटना पहिलो भने होइन । यो भन्दा पहिला पनि चर्चित व्यक्ति तथा नेताहरुको फेक तस्विर बनाएर फेसबुक तथा ट्वीटरमा पोस्ट हुँदै आएको छ । यो भन्दा पहिला पनि मोदी केजरीवाल, स्मृती इरानीको फोक तस्विर सामाजिक संजालमा भाइरल बनेका थिए ।  

Narendra modi

विशेष