अर्थ

माइक्रोसफ्टले किन्यो सामाजिक सञ्जाल लिङ्कडइन

माइक्रोसफ्टले किन्यो सामाजिक सञ्जाल लिङ्कडइन

MSFT_logo_png_678x452

३२ जेठ । विश्व प्रसिद्ध सफ्टवेयर कम्पनी माइक्रोसफ्टले सामाजिक सञ्जाल लिङ्क्डइनलाई २६.२ अर्ब अमेरिकी डलरमा किन्ने सम्झौतामा हस्ताक्षर भएको छ । लिङ्कडइनका कार्यकारी प्रमुख जेफ वेनरको नेतृत्वमा लिङ्कडइनका गतिविधि चल्ने छन् भने माइक्रोसफ्टका कार्यकारी प्रमुख सत्य नाडेलाले माइक्रसफ्टका कार्य पूववत तरिकाले हेर्नुहुनेछ । यसरी लिङ्कडइनले विश्वलाई मौकासँग जोडेको छ । उनीहरुले गरेको सम्झौता सन् २०१६ मा नै कार्यान्वयनमा ल्याइने छ । कदमले माइक्रोसफ्टलाई मात्रै सफ्टवेयर कम्पनीभन्दा माथि उठाउने छ भने लिङ्क्डइनको सामाजिक सञ्जालको उन्नति पथका लागि प्रोत्साहन गर्नेछ ।

Microsoft

विशेष