अपराध सुरक्षा समाज स्वास्थ्य

मीनासिंह खड्का र अनुजा बानियांजस्तै तपाईमा पनि झूटो बोल्ने रोग हुन सक्छ?

मीनासिंह खड्का र अनुजा बानियांजस्तै तपाईमा पनि झूटो बोल्ने रोग हुन सक्छ?
mina-singh-anuja-baniya जेठ - ३२, वरिष्ठ मनोरोग विशषज्ञ डाक्टर सुदर्शन नरसिंह प्रधान भन्छन् ‘झुट बोल्नु मानवीय स्वभाव हो । कोही धेरै बोल्छन् भने कोही थोरै बोल्छन् । झुटबोल्ने धेरै कारण हुन सक्छन् । कति मानिस पहिला ससाना कुरामा झुट बोल्छन् । पछि झुटबोल्दै जाँदा जुन व्यक्तित्व विकास हुन्छ त्यसलाई नै सत्य ठानेर झन एक्साइटेड हुने गर्दछन् । क्रमिक रुपमा यो कार्य वढ्दै जान्छ । झुट बोल्नु कसैको बानी हुन सक्छ । कस्तो अवस्थामा झुट बोल्दै छ ? त्यसमा फरक पर्छ । कोही मानिसहरु फाइदाको लागि पनि झुट बोलिरहेका हुन्छन् । कतैबाट केही पाउने आशा लाग्यो भने पनि नभएको कुरालाई जोडेर कुरालाई बढाइचढाइ गरेर बोल्ने गर्दछन् । मानिसको दिमागमा एक मिनेटमा हजाराैं सोच आउँछन् । त्यस मध्येका केही सोचहरु व्यत्तिगत जीवनको बारेमा पनि पर्ने गर्दछ । जीवनबाट सन्तुष्टि नभएर सोख तथा आवश्यकता पूरा गर्न झुटको सहारा लिने गरेका हुन्छन् । बौद्धिक स्तर तथा क्षमता अरुभन्दा कम नभएको देखाउनको लागि झुट बोल्ने गर्दछन् । कसैले आफ्नो व्यक्तित्वलाई चर्चित मानिसको सम्बन्धसँग जोडेर अरुको नजर आफूतर्फ आर्कषण गर्न पनि झुट बोल्ने गर्दछन् । कहिलेकाही आफूले जानेर पनि झुटबोल्ने बानीलाई ‘पाथोलिजक लाइन’ भनिन्छ । यस्तो कार्य प्रायः रक्सी पिउने मानिसले गर्ने गरेको मनोरोग विशेषज्ञको भनाइ छ । मीनासिंह खड्काले आफुलाई बिश्वकै प्रतिष्ठित व्यक्तिको साथीका रुपमा प्रस्तुत गरिन् । तथ्य खुलेपछि उनी लज्जित भइन् । यसअघि सुनसरीकी अनुजा बानियांले आफूलाई दानी व्यक्तिका रुपमा चित्रण गरेर रातारात हिट भइन् । भेट्टाएको झण्डै एक करोड फिर्ता गरेको पलट रचेर उनी हिट भइन् । केही दिनमै ठगको मानक बनिन् । झुट बोल्ने क्रम बढ्दै जांदा व्यक्तिमा झन् झुट बोल्ने बानी बस्छ । सफलता पनि पाउंदै जांदा । तर, बास्तविकता खुलेको दिन सबै स्वांह हुन्छ । त्यसैले याद गरौं, झुट बोलेर रोगी नहोऔं । प्रस्तुतिः हरि योन्जन

anju baniya meena singh khadka Sudarshan Narsingh Pradhan

विशेष