पर्यटन

हिमाल चढ्दा नथाक्ने महिला

हिमाल चढ्दा नथाक्ने महिला
असार – २, गएको महिना लाक्पा शेर्पाले सातौं पटक सगरमाथा आरोहण गरिन् । उनले १० औँ पटकसम्म सगरमाथा आरोहण गर्ने लक्ष्य रहेको बताइन् । Lakpa Sherpa 1 'हामीले हाम्रो यात्रा राती सुरु गरेका थियौं । जसरी ताराहरु चम्किन्छ, त्यसरी नै हाम्रो यात्रा अघि बढ्दै गयो । मैले आफुलाई कमजोर ठानिन बरु बलियो र शसक्त बनेँ । जब म चुचुरोमा पुगेँ त्यस बेला मैले बच्चाहरुप्रति उनीहरु धेरै बलिया हुन् र धेरै छिटो बढुन भनेर प्रार्थना गरें ।' शेपाले सातौँ पटक सगरमाथा चढ्दाको मिठो अनुभव सुनाइन् । उनी गृहिणी हुन् तर पनि बारम्बार हिमाल आरोहण गर्छिन् । ४३ वर्षीया लाक्पा तीन सन्तानकी आमा हुन । शेर्पा नेपालमा जन्मिए पनि, दुई छोरी र एक छोराको साथमा उनी अमेरिकाको वेस्ट हार्डफर्डमा बस्छिन् । भनिन् ‘मैले अमेरिकामा कडा परिश्रम गरेकी छु, त्यो संघर्ष गर्न सजिलो छैन । म मेरो छोराछोरीलाई पढाउन चाहन्छु, त्यसकै लागि संघर्ष गरिरहेकी छु ।’ लाक्पा नेपालको दुर्गम गाउँमा हुर्किइन । उनले त्यहाँ गैंडाको हेरचाह गर्ने काम गर्थिन । आफ्नो करियर पैदलयात्रीहरुको लागि खाना बनाउन सहयोग गर्नेबाट सुरु गरेकी हुन् । उनका नातेदारहरुले पर्वतारोहण क्षेत्रमा नै काम गर्ने भएकाले उनलाई प्रायःजसो पैदलयात्रीहरुको सहयोगीका रुपमा हिमााल चढ्ने मौका मिल्थ्यो । Lalpa Sherpa फलस्वरुप सन् २००० मा उनले पहिलोपटक सगरमाथाको चुचुरोमा पुग्न सफल भईन । पछि उनले काठमाडौंमा अमेरिक निवासी जर्ज जाइमरेस्क्यूलाई भेटिन र उनैसँग विवाह गरिन । शेर्पा दम्पतीले सन् २००१ देखि २००६ सम्ममा ५ पटकसँगै हिमाल आरोहण गरेका थिए । गर्भवती हुँदासमेत उनले हिम्मत हारिनन् । सन् २००३ मा उनी, भाइ र बहिनीसँगै ८००० मिटरको हिमाल चढ्न सफल भएकोले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भए । सन् २००४ मा श्रीमानसँग विवाद बढेपछि सम्बन्धविच्छेद गरिन् । लाक्पा जीवनभर कहिल्यै स्कुल गइनन् । यति हुँदाहुँदै पनि उनले आफ्नो यात्रालाई निरन्तरता दिइरहिन । ‘उनी भन्छिन मैले अझै धेरै गर्नुछ, पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो हिमाल केटु चढ्ने रहर छ । म अक्टोबरमा नेपाल आउँदैछु, चोयू हिमाल चढ्न, जुन विश्वको छैटौं अग्लो हिमाल हो यसको उचाई ८२०१ मिटर रहेको छ । मलाई थकाई लागेको छैन ।’ प्रस्तुति : हरि योञ्जन 

Lakpa Sherpa Mount Everest Sagarmatha

विशेष