१०९ वटा कछुवासहित भारतीय नागरिक पक्राउ

१०९ वटा कछुवासहित भारतीय नागरिक पक्राउ
काठमाडौं, असार ३ । एकसय नौवटा कछुवासहित प्रहरीले भारतीय नागरिक मोहम्मद उस्मानलाई पक्राउ गरेको छ । अवैध रुपमा कछुवा ल्याएर विक्रि गर्ने गरेको सूचनाको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई बिहीबार पक्राउ गरेको हो । उस्मानको साथबाट प्रहरीले एक सय ६२ वटा विभिन्न प्रजातिका चरा समेत फेला पारेको छ ।
भारत पटनाका उस्मान यस अघि पनि अवैध चराको कारोबार गरेको अभियोगमा पक्राउ परेका कारोवारी हुन् । उनलाई प्रहरीले जिल्ला वन कार्यालयमा बुझाएर धरौटीमा छुटेका थिए । बिहीबार पक्राउ परेका उनलाई ब्युरोले जिल्ला वन कार्यालय काठमाडौंमा बुझाएको छ ।
Aparad Tortoil