अर्थ

सुन-चाँदीको मुल्यमा गिरावट

सुन-चाँदीको मुल्यमा गिरावट
असार - ३, स्थानीय बजारमा उतारचढावपूर्ण रहेको सुन तथा चाँदीको मुल्यमा शुक्रबार गिरावट आएको छ । Gold अघिल्लो दिन प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ४ सय रुपैयाँले घटेर ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजावी सुन पनि प्रतितोला ४ सय रुपैयाँले घटेर ५६ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ८ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १० रुपैयाँले घटेर ७ सय ९५ रुपैयाँमा कारोबार भएको छ । अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १२ सय ८५ दशमलब तीन चार डलर तथा चाँदीको मुल्य १७ दशमलब तीन आठ डलर कायम भएको छ ।

gold price

विशेष