ओटोमोबाइल

साङयोङका विभिन्न मोडलका गाडी हेर्ने र टेष्ट ड्राइभ गर्ने अवसर

साङयोङका विभिन्न मोडलका गाडी हेर्ने र टेष्ट ड्राइभ गर्ने अवसर
असार - ४,  नेपालका लागि साङयोङ गाडीको आधिकारिक बितरक आईएमएस मोटर्सले ‘साङयोङ स्याटर्डे ड्राइभ एन्ड डाइन’ कार्यक्रम गर्ने भएको छ । शनिबार दिउसाे लाजिम्पाटस्थित त्रिसरा रेष्टुराँमा गर्ने जनाएको छ। IMS motors उक्त अवसरमा रेष्टुराँमा आएका ग्राहकले साङयोङका विभिन्न मोडलका गाडी हेर्ने र टेष्ट ड्राइभ गर्ने अवसर पाउने छन् । टेष्ट ड्राइभ गर्नेहरुलाई आकर्षक उपहारको व्यवस्था पनि गरिने आईएमएस मोटर्सले जनाएको छ । त्यसैगरी रेष्टुराँमा १५ प्रतिशत र समग्र बिलमा ५ सय रुपैया छुटको व्यवस्था समेत गरिने बताइएको छ । आईएमएस मोटर्सले केही समय अघि मात्र नेपालमा औपचारिक रुपमा साङयोङका गाडी बिक्री–वितरण गर्न थालेको हो । विशेष गरी एसयूभी सेगमेन्टका लागि उत्कृष्ट मानिएका साङयोङ गाडीका बारेमा नेपाली ग्राहकलाई जानकारी प्रदान गर्नका लागि कम्पनीले विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेको बताएको छ । साङयोङका कोरान्डो, टिभोली, एक्टन र रेक्स्टन गाडी नेपालमा उपलब्ध छन् ।

automobile car IMS motors

विशेष