बजेट कार्यान्वयनका लागि प्रधानमन्त्री कार्यशैली बदल्नुपर्ने
असार - ४। अर्थशास्त्रीहरुले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो कार्यशैली बदल्नुपर्ने बताएका छन ।
काठमाडौंमा आयोजित अन्तक्रियामा अर्थविद् बिश्वम्भर प्याकुरेल बजेटको कार्यान्वयनका लागि प्रधानमन्त्रीले सबै मन्त्रीहरुलाई जिम्मेवारी तोकेर पत्र दिनुपर्ने र समयावधिभित्र काम गर्न नसके उनीहरुलाई पदच्युत गर्न हिम्मत गर्नुपर्ने बताए ।
अर्थबिद् प्याकुरेलले फुटकर कार्यक्रममा समय व्यतित गर्नूृभन्दा बजेट कार्यान्वयनको योजनामा लाग्न प्रधानमन्त्रीलार्इ सुझाव दिए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. चन्द्रकान्त पौडेलले बजेटको कार्यान्वयन प्रधानमन्त्रीको इच्छाशक्तिमा भरपर्ने बताए । अर्थराज्य मन्त्री दामोदार भण्डारीले सरकार बजेट कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताए ।
Bisambar Pyakurel