नेप्से परिसूचक ३४ दशमलब नौ आठ अंकले बढ्याे
असार - ४ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३४ दशमलब नौ आठ अंकले बढेर अन्तिम दिन १६ सय ३२ दशमलब नौ चार विन्दुमा पुगेको छ ।
यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ४९ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३४ हजार ६ सय १० कारोबारबाट ९ अर्ब ३० करोड ७२ लाख ४८ हजार रुपैया“ बराबरका १ करोड ५२ लाख ९३ हजार ९ सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३५ दशमलब आठ छ प्रतिशत बढी हो ।
गत साता १ सय ४९ कम्पनीहरुको कारोबार भएको थियोे । जस अनुसार २९ हजार ८ सय १२ कारोबारबाट ६ अर्ब ८६ करोड ३५ हजार रुपैयँ“ बराबरका ९२ लाख ४५ हजार ७ सय ३० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ६ दशमलब छ आठ अंकले बढेर ३ सय ५२ दशमलब छ तीन अंकमा पुगेको छ ।
शेयरबजारमा सूचीकृत समूहमध्ये विकास बैंक, वित्त, बीमा, जलविद्युत, होटेल तथा उत्पादनमुलक समूहका परिसूचक सकारात्मक रहेका छन् । व्यापार समूहको परिसूचक स्थिर रहेको छ भने वाणिज्य बैंक समूहको परिसूचक नकारात्मक रहेको छ । यस साता कारोबार रकमका आधारमा नेपाल बंगलादेश बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।