अर्थ

सुन चाँदीको मुल्यमा बृद्धी

सुन चाँदीको मुल्यमा बृद्धी
असार - ५।  स्थानीय बजारमा उतारचढावपूर्ण रहेको सुन तथा चाँदीको मुल्य अाइतबार भने बढेको छ । Goldअघिल्लो दिन प्रतितोला ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ४ सय रुपैयाँले बढेर ५७ हजार रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजावी सुन पनि प्रतितोला ४ सय रुपैयाँले बढेर ५६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अाइतबार चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला ७ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर ८ सय रुपैयाँमा कारोबार भएको छ । अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १२ सय ९८ दशमलब एक शुन्य डलर तथा चाँदीको मुल्य १७ दशमलब चार छ डलर कायम भएको छ ।

gold gold price

विशेष