अर्थ कर्पोरेट बैंकिङ

अनियमितताबारे उजुरीकर्ता र टेलिभिजनका महाप्रबन्धकसँग छलफल

अनियमितताबारे उजुरीकर्ता र टेलिभिजनका महाप्रबन्धकसँग छलफल
सार्वजनिक लेखा समितिले नेपाल टेलिभिजनमा भएको अनियमितताबारे उजुरीकर्ता र टेलिभिजनका महाप्रबन्धकसँग छलफल गरेको छ । nepal televion टेलिभिजनका महाप्रबन्धक लक्ष्मण हुमागाई आफैं नक्कली बैंक भौचर बनाउन संलग्न रही टेलिभिजनको ठूलो रकम हिनामीना गरेको नेपाल टेलिभिजन कर्मचारी संघको उजुरीका आधारमा समितिले दुबै पक्षसँग छलफल गरेको हो । बैठकमा महाप्रबन्धक हुमागाईले आफूले नक्कली बैंक ग्यारेन्टी भएको जानकारी पाउनासाथ वल्र्ड भिजन मिडिया हाउसका संचालकलाई कारबाही प्रक्रिया अघि बढाएको भन्दै त्यसमा संलग्न नभएको जिकिर गरे । उजुरीकर्ता कर्मचारी युनियनका अध्यक्ष गोविन्द धितालले भने नक्कली बैंक ग्यारेन्टी बनाउने प्रकरणदेखि नै महाप्रवन्धक हुमागाईको संलग्नता रहेको आरोप लगाए । यसअघि संचालक समितिबाट गठित छानविन समिति र मन्त्रालयले गठन गरेको छानविन समितिले पनि हुमागाईको संलग्नता रहेको प्रतिवेदन बुझाएको थियो ।

nepal television

विशेष