अर्थ Technology

एलजीको म्याजिक मोसन रिमोट

एलजीको म्याजिक मोसन रिमोट

21062016063902lg-600x0 असार ८ । एलजीले टेलिभिजनमा भएको मल्टिटास्किङ अपरेटिङ सिस्टम चलाउन म्याजिक मोसन रिमोट सार्वजनिक गरेको छ । यसलाई कम्प्युटरको माउसजस्तै क्लिक तथा ड्रयाग एन्ड ड्रप गर्न सकिन्छ । आफूलाई चाहिएको च्यानल वायरलेस साउन्ड लिंक गरी भ्वाइस कमान्डका आधारमा पनि परिवर्तन गर्न सकिन्छ । त्यसबाहेक आफ्नो स्मार्टफोनलाई टेलिभिजनसँग जोडेर स्मार्टफोनमा खिचिएका विभिन्न तस्बिर तथा भिडियोहरू टेलिभिजनमै हेर्न सकिन्छ । टेलिभिजनको तल्लो भागमा लञ्चर बार उपलब्ध हुन्छ । यसमा विभिन्न एप्स, गेम, प्रोग्राम आदि देखिन्छन् । आफूलाई मन लागेका प्रोग्राम वा एप्स, गेम आदि यो रिमोटबाटै चलाउन सकिन्छ ।

LG

विशेष