राजस्वसंग अनुसन्धान छरितो र व्यवस्थित गर्न जोड

असार - ८ । राजस्वसंग सम्बन्धित अनुसन्धानका काम कारबाहीलाई छरितो र व्यवस्थित गर्न सरोकारवालाहरुले जोड दिएका छन् ।
राष्ट्रिय व्यापार संघले काठमाडौंमा गरेको कार्यक्रमका सहभागीले राजस्व अनुसन्धान, सामानको मुल्यांकन लगायतका प्रक्रियालाई सहज र छरितो गराउन राजस्व अनुसन्धान बिभागको ध्यानाकर्षण गराएका हुन । कार्यक्रममा विभागका महानिर्देशक निर्मलहरी अधिकारीले आफुले जिम्मेवारी लिएदेखि विभागमा केही नयां सुधारका काम थालेको दाबी गरे ।
कार्यक्रममा सहभागी भन्सार बिभागका निर्देशक सूर्य सेडाईले आयात निर्यातलाई व्यवस्थित गर्न आयात–निर्यात कर्ताहरुलाई नौं अंकको एक्जिम कोड दिने व्यवस्था मिलाउन लागिएको जानकारी दिए। कार्यक्रममा अन्य सहभागीहरुले अनुसन्धानलाइ छिटो–छरितो बनाउनुपर्नेमा जोड दिएका थिए ।
kar
