अर्थ

सुन-चाँदीको मुल्य घट्याे

सुन-चाँदीको मुल्य घट्याे
असार - ८ । स्थानीय बजारमा उतारचढावपूर्ण रहेको सुन तथा चाँदीको मुल्य आज भने घटेको छ । Gold अघिल्लो दिन प्रतितोला ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ३ सय रुपैयाँले घटेर ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजावी सुन पनि प्रतितोला ३ सय रुपैयाँले घटेर ५६ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर ७ सय ९५ रुपैयाँमा कारोबार भएको छ । अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १२ सय ६४ दशमलब नौं छ डलर तथा चाँदीको मुल्य १७ दशमलब दुई–दुई डलर कायम भएको छ ।

gold price

विशेष