अपराध सुरक्षा विचार

भेष बदलेर गरिएको रहेछ अनुसन्धान ! डाक्टर देखि पत्रकार सम्मको सर्टिफिकेटबारे खुलाशा

भेष बदलेर गरिएको रहेछ अनुसन्धान ! डाक्टर देखि पत्रकार सम्मको सर्टिफिकेटबारे खुलाशा
[caption id="attachment_7964" align="aligncenter" width="1000"]vesh badaliyera gareko anushandhan नारायणप्रसाद कोइराला, सदस्य सचिव उच्च माध्यामिक शिक्षा परिषद्[/caption] सर्टिफिकेट छानबिनमा सुरुदेखि नै मेरो संलग्नता थियो, जसले भारतका विभिन्न कलेजको सर्टिफिकेट पेस गरेर आफु डाक्टर भएको बताएका छन्, ति कलेजहरुमा हामीले प्रहरी र काउन्सिलका बरिष्ठ व्यक्तिहरुलाई उच्च माध्यामिक शिक्षा परिषद्को कर्मचारी बनाएर पठाएका थियौं । किनभने विदेशी विश्वविद्यालयले हामीलाई मात्र उनीहरुको गोप्य डाटा सेन्टरमा प्रवेश दिन्छन् । बर्षौ लगाएर करोडौं खर्च गरेर नक्कली प्रमाणपत्रधारीका बारेमा सूचना संकलन गरिएको हो । अहिले जोजो पक्राउ परे, उनीहरु नक्कली प्रमाणपत्रधारी नै हुन्, त्यसमा शंका नगरे हुन्छ । कसको कुन सर्टिफिकेट नक्कली, उनीहरुले गरेको नक्कली काम के के हुन् भन्ने कुरा मात्र फरक फरक छ । कतिपयले यति ठूलो अपराध गरेका छन् कि त्यसको लेखाजोखा गर्दापनि छक्क परिन्छ । राज्यलाई कसरी हेपिएको छ, यहां जे गरे पनि हुन्छ भन्ने सोच कसरी मौलाएको भन्ने कुरा यही काण्डलाई ध्यान दिर हेर्दापनि पुष्ट हुन्छ । कतिपय पटक पटक एसएलसी फेल भएका छन् । यसरी फेल भएपछि भारतका स्कुलबाट परीक्षा दिएर उच्च श्रेणीमा पास भएका छन्। नेपालमा पटक पटक एसएलसी फेल भएको विद्यार्थीले भारतबाट उच्च अंक ल्याउनु आफैंमा आश्चर्य छ । त्यसपछि ऊ नेपालमा आइएस्सी भर्ना हुन्छ, तर पास गर्न सक्दैन । त्यसपछि ऊ भारतको कुनै कलेज जान्छ, र आइएस्सीमा उच्च अंक प्राप्त गर्छ । अनि त्यही एसएलसी र आईएस्सीको उच्च अंक देखाएर सरकारको सुविधामा डाक्टर पढ्न विदेश जान्छ । अचम्म छ, उसले त्यहां एमबीबीएस पास गर्छृ तर नेपालको मेडिकल काउन्सिलले परीक्षा लिंदा ऊ फेल हुन्छ । अब कल्पना गर्नुहोस्, नक्कली सर्टिफिकेट ल्याएर उसले बिरामीको जीबनसंग मात्र खेलबाड गरिरहेको छैन, सरकारी सुविधामा डाक्टर पनि पढेको छ । जसले दुःख गरेर पढेको थियो, त्यस्तो प्रतीभाशाली विद्यार्थी डाक्टर पढ्न बञ्चित भयो तर पढ्दै नपढी नक्कली सर्टिफिकेटको भरमा एउटा मान्छे डाक्टर भयो । कतिपयले सरकारी सुविधामा एमडीसमेत गरेका छन्। मैलें माथि नै भनें, राज्य भनेको केही होइन, यहां जे गरे पनि चल्छ भन्ने मानसिकताले जरो गाडेको छ । त्यसैको परिणाम चिकित्सकजस्तो सम्मानित पेसामा समेत यस्तो विकृति छिरेको हो । अब कल्पना गर्नुहोस्, विश्वका चर्चित विश्वविद्यालयमा पढेरै पास गर्नुपर्ने चिकित्सा पेसाको अवश्था त यस्तो छ भने सामान्य पढाइ भए पुग्ने अन्य क्षेत्रको अवश्था कस्तो होला ? एक दर्जन पाइलटका सर्टिफिकेट नक्कली भएको कुरा थाहा भैसकेको छ । सम्भवतः मेरो भनाइ छापुन्जेल उनीहरु पनि पक्राउ पर्लान् । दुई चार सय इन्जिनियर पनि पक्राउ पर्ने सूचीमा छन् । अझै २–४ सय डाक्टर पक्राउ पर्दैछन् । जब डाक्टर, इन्जिनियर र पाइलटको स्थिति यस्तो छ भने तपाईंले कुन पेशामा नक्कली सर्टिफिकेटधारी पाउनुहुन्न ? धेरै वकिल पत्रकार आदिको सर्टिफिकेट नक्कली छन् भनेर ढुक्क हुनुहोस् । हामीले धेरैको नाममा छानबिन गरिरहेका छौं । अख्तियारले समाउने डरका कारण हुनसक्छ, डाक्टर, इन्जिनियर र पाइलटको लिस्टमा सरकारी जागिरेहरु अहिलेसम्म भेटिएका छैनन् । भएकाहरुले जागिर छाडिसकेका होलान्, तर निजी क्षेत्रमा काम गर्दा थाह हुंदैन र यसलाई अपराध पनि मानिदैन भनेर काम गरिरहेका हुन सक्छन् । नक्कली सर्टिफिकेट देखाएर त्यही आधारमा काम गर्नु अपराध हो । त्यस्ता व्यक्ति उम्कन पाउंदैनन् । (साप्ताहिकमा गरिएको कुराकानीमा आधारित)

Fake Doctor Operation Quake

विशेष