अर्थ ताजा खबर

सुनमा भारी वृद्धी, एकै दिनमा ३ हजारले बढ्यो

सुनमा भारी वृद्धी, एकै दिनमा ३ हजारले बढ्यो

Gold असार १० । अघिल्लो दिनसम्म सामान्य घटबढ भइरहेको सुनको मूल्यमा शुक्रबार एक्कासी भारी बृद्धि भएको छ । यूरोपियन युनियनबाट बेलायत बाहिरिने पक्कापक्की भएपछि सुनको मूल्यमा भारी बृद्धि भएको हो । बिहिबार प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ५९ हजार रुपैयाँ पुगेको छ । एकै दिन प्रतितोला ३ हजार रुपैयाँले सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यका अनुसार यूरोपियन यूनियनबाट बेलायत बाहिरिने निश्चित भएपछि अन्तर्राष्ट्रिय अर्थतन्त्रमा ठूलो असरको सुरुवात भएको छ । जसको पहिलो प्रभाव सुनमा परेको छ । सुनको मूल्य अझै बढ्ने शाक्यले बताए ।

[adrotate banner="4"]

यसैबीच चाँदीको मूल्यमा पनि ठूलो बृद्धि भएको छ । सुनसँग प्रत्यक्ष धनात्मक सम्वन्ध रहेकाले चाँदीको पनि मूल्य बृद्धि भएको हो । चाँदी शुक्रबार बढेर प्रतितोला ८ सय २० रुपैयाँ कायम भएको छ । यसअघि हिजो मात्रै प्रतितोला ७ सय ९० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

gold price

विशेष