ट्राफिक प्रहरी कार्यालयले ८३ लाख राजस्व सङ्कलन
असार - १०। जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले चालु आवको जेठ मसान्तसम्ममा रु ८२ लाख ८६ हजार राजस्व सङ्कलन गरेको छ ।
ट्राफिक नियम उल्लङ्घन गरेकाहरुबाट जरिवाना स्वरुप राजस्व सङ्कलन गरिएको हो । यस क्रममा १५ हजार ८०० सवारीलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक बद्रीप्रसाद पुडासैनीले जानकारी दिए। चालु आवमा सङ्कलन गरिएको राजस्व पछिल्लो छ वर्षयताकै उच्च हो ।
आव २०६७/६८ मा एक हजार ३६२ सवारीमाथि गरिएको कारबाहीका क्रममा रु एक लाख ४० हजार राजस्व सङ्कलन भएको थियो । यस्तै आव २०६८/६९ मा दुई हजार १८७ सवारीबाट रु दुई लाख ६१ हजार, आव २०६९/७० मा तीन हजार २८८ सवारीबाट रु पाँच लाख २९ हजार र आव २०७१/७२ मा १५ हजार १९२ सवारी कारबाही गर्दा रु ५४ लाख ३४ हजार राजस्व सङ्कलन गरिएको बताइएको छ । रासस