अर्थ

बेलायत जनमत संग्रहको प्रभाव पाउण्डमा, २५ वर्ष यताकै सबैभन्दा कम, युरोमा पनि असर

बेलायत जनमत संग्रहको प्रभाव पाउण्डमा, २५ वर्ष यताकै सबैभन्दा कम, युरोमा पनि असर
pound uro dollor असार - १० । बेलायत इयुबाट अलग हुने जनमत संग्रहको परिणाम अाए लगतै वित्तिय क्षेत्रमा व्यापक प्रभाव पारेको छ लन्डन स्टक मार्केट अन्तर्गत शेयरको मुल्यमा ८ प्रतिशतको गिरावट आएको छ । लन्डन स्टक एक्सचेन्जको सूचीमा रहेको १०० ठूला कम्पनी ‘फुटसी’का मूल्यमा ५०० अंकको गिरावट आएको बिबिसीले जनाएको छ । बेलायती बैंकहरु बारक्लिज़ र आरबिएसको सेयर मूल्यमा ३० प्रतिशतको गिरावट आएको पनि बिबिसीले जनाएको छ । समग्र अर्थतन्त्रमा प्रभाव पार्ने कुनै घटनाले वित्तिय क्षेत्रमा यस्ता प्रभाव पार्ने गर्छन् । इयूबाट छुट्टिने मत परिणाम देखिन साथ पाउण्डको मूल्य २५ वर्षपछि सबैभन्दा कम भएकाे छ ।  सन १९८५ पछि पाउण्डको मूल्यमा यतिधेरै गिरावट आएको यो पहिलो पटक हो । अमेरिकी डलरको तुलनामा बेलायती पाउण्डको मुल्य १० प्रतिशतसम्मले घटेको छ । युरोको तुलनामा पाउण्डको मूल्यमा ७ प्रतिशतको गिरावट आएको छ । उता युरोको मूल्य पनि डलरको तुलनामा ३।३ प्रतिशतले झरेको छ । 

dolor pound uro

विशेष