अपराध सुरक्षा ताजा खबर

१६वर्षमुनिका बालिका बढी हिंसाको सिकार

१६वर्षमुनिका बालिका बढी हिंसाको सिकार

असार - १० । महिला पुनःस्थापना केन्द्र (ओरेक)को एक अध्ययनले १६ वर्षमुनिका बालिका बढी बलात्कारलगायतका हिंसाको सिकार हुने गरेको देखाएको छ ।  Rapeमहिलामाथि हुने विभिन्न हिंसामाथि ओरेकले गर्ने मासिक अध्ययनअनुसार जेठ महिनामा भएका २०६ घटनामध्ये आधाजसो घटनाका पीडित १६ वर्षमुनिका बालिका रहेका छन् । वैशाख महिनाको अनुपातमा जेठ महिनामा महिलामाथिको हिंसामा वृद्धि भएको देखिएको छ । वैशाख महिनामा १३१ घटना भएकामा जेठ महिनामा २०६ महिला हिंसाबाट पीडित भएका थिए ।

हिंसामा परेकामध्ये ३६ प्रतिशत महिला तथा बालबालिका शारीरिक हिंसाको सिकार भएका थिए । चार प्रतिशत महिलामाथि दाइजो र बोक्सीका नाममा कुटपिट भएको थियो । २५ प्रतिशत महिला मानसिक हिंसापीडित थिए भने १० प्रतिशत महिलाको हत्या भएको थियो । साइबर अपराध बढ्दै गएको अवस्थामा जेठ महिनामा छ प्रतिशत महिला यसबाट पीडित भएका थिए भने एक प्रतिशत महिला तथा बालिका बेचबिखनमा परेको देखियो ।

हिंसापीडित महिलामध्ये ५४ प्रतिशत आफ्नै श्रीमान्बाट पीडित भएका थिए । १३ प्रतिशत महिला छिमेकी, आफन्त र शिक्षकबाट नै पीडित थिए भने १२ प्रतिशत आफ्नै परिवारका सदस्यद्वारा सताइएका थिए । ओरेकले विभिन्न पत्रपत्रिका तथा कार्यालयमा दर्ता हुन आएका घटनालाई आधार मानी तथ्याङ्क प्रकाशन गरेको थियो ।

Rape in nepal

विशेष