साहित्य आज

उपाध्यायको एकल कविता वाचन

उपाध्यायको एकल कविता वाचन
  असार - १० । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वकुलसचिवकवि जगत् उपाध्याय प्रेक्षितले एकल कविता वाचन गरेका छन्। २०४६ देखि ७२ सम्म रचना गरेका विभिन्न कवितामध्ये एक दर्जन कविता वाचन गरेका हुन् । kabita bachan जनसाहित्यिक मञ्चको आयोजनामा अविरल जनसाहित्य यात्रा–२७ शृङ्खलाअन्तर्गत वाचित ती कवितामा समसामयिक, राजनीतिक घटनाक्रम, राष्ट्रियता, मानवीयता लगायत विषयमा वाचन गरिएका ती कवितामध्ये ११ पद्यमा र एक गद्यमा थिए । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले समाजको सशक्तीकरणका लागि उपाध्यायले रचना गरेका कविताले दिशा निर्देश गर्ने बताउँदै नेपाली साहित्यलाई प्रवद्र्धन गर्नका लागि प्रतिष्ठानले विभिन्न साहित्यकारका प्रतिष्ठित कृतिलाई अनुवाद गरी अन्तर्राष्ट्रिय तहमा पुयाउन गृहकार्य गरिरहेको बताए ।

kabita bachan

विशेष