अर्थ

व्यापार प्रवद्र्धनका लागि ६० प्रतिशतसम्म राजस्व छुट

व्यापार प्रवद्र्धनका लागि ६० प्रतिशतसम्म राजस्व छुट
tax-660x330 असार ११, २०७३ व्यापार प्रवद्र्धनका लागि भनेर दिइने राजस्व छुटको रकम वाषिर्क निर्यातको ६० प्रतिशत बराबर पुगेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आर्थिक वर्ष २०७१–७२ मा ८६ अर्ब ६४ करोड ४ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । सोही वर्ष सरकारले विभिन्न उद्योग, व्यवसाय, सेवा, कूटनीतिक नियोग र गैरसरकारी संस्थालाई उपलब्ध गराएको राजस्व छुट भने ४९ अर्ब १ करोड ९ लाख रहेको छ । यो कुल निर्यात रकमको ५७ प्रतिशत हो । गत वर्षको कुल निर्यात रकम एवं दिइएको राजस्व तुलना गर्दा यस्तो तथ्य बाहिर आएको हो । २०७३–७४मा छुट सरकारले बर्षेनी बजेटमार्फत विभिन्न खाले व्यवसायमा छुट दिने गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा पनि सरकारले विद्युतीय सवारी, सोलारमा प्रयोग हुने ब्याट्री लगायतमा भन्सार, अन्तःशुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) जस्ता कर छुट दिने घोषणा गरेको छ । विद्युतीय सवारीमा सडक करलगायत यातायातसम्बन्धी करसमेत छुट दिइएको छ । २०७१–७२ मा छुट भन्सार विभागको अभिलेखअनुसार गत आर्थिक वर्ष २०७१र७२ मा सरकारले विभिन्न २८ शीर्षकमा राजस्व छुट दिएको छ । गत वर्ष औषधिको कच्चा पदार्थ, औषधि, कीटनाशक औषधि, एम्बुलेन्स, शववाहन, कच्चा जुट, जुटमिलका पार्टस्, किताब, छापा सामग्री, बैंक नोट, रासायनिक मल, कटन सारी, लुंगी, सिन्दुर, टिकुली, चुरा, नुन, कपास, कृषि उद्योग, ह्याचरी उद्योग, सिमेन्ट क्लिंकर, खाना पकाउने ग्यास, सोलार ब्याट्रीजस्ता वस्तुमा छुट दिएको हो । यसैगरी तेल मिलले आयात गर्ने कच्च तेल, विद्युत् उपकरण, हवाईजहाजका पार्टपुर्जा, गलैंचा उद्योगको फाइबर, दाना उद्योगका कच्चा पदार्थ, सुनचाँदी, जेनेरेटरलगायत वस्तुमा पनि छुट दिइएको छ । गत वर्ष नेपाली सेना, प्रहरी, कूटनीतिक नियोग, संयुक्त राष्ट्रसंघीय निकाय, अस्पताल, सामाजिक संस्था, सिनेमा उद्योगले आयात गर्ने सामान, पीभीसी फिल्म, होटलले स्तरवृद्धि गर्ने सामान लगायतमा पनि छुट दिएको छ । कान्तिपुरमा समाचार छ ।

byapar prabardan Kantipur TAX in nepal

विशेष