ताजा खबर पर्यटन

अब पोखरामा पनि केबलकार

अब पोखरामा पनि केबलकार

cable_car_london_getty असार १४ पर्यटकीय नगरी पोखराको साराङकोटमा केबलकार निर्माण हुने भएको छ । अन्नपुर्ण केबलकार प्रालिले पर्यटकीय गन्तब्य साराङकोटलाई लक्षित गरेर केबलकार निर्माण गर्न लागेको हो । केबलकारमा टाकासी मियाहराको लगानीमा केबलकार निर्माण हुन लागेको हो । पहिले मियाहरा जापानी नागरिक थिए तर धेरै बर्ष अगाडी जापानी नागरिकता त्यागेर उनी नेपाली नागरिक भएका थिए । मियाहरा ललितपुरमा रहेको होटल हिमालयका संचालक हुन् । उनले साराङकोटमा समेत सुविधा सम्पन्न होटल निर्माण गरिरहेका छन् । स्थिर पुँजी ५८ करोड ५० लाख र चालु पुँजी एक करोड ५० लाख गरी कुल ६० करोड रुपैंया कुल पुँजीमा केबलकार निर्माण गर्न लागिएको हो । कम्पनी उच्च स्रोतका अनुसार भदौंबाट केबलकार निर्माणको थालनी हुनेछ ।

निर्माण भएको १८ महिनाभित्रै केबलकार निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । केबलकार निर्माणको सबै काम चितवन कोईले पाएको स्रोतले बतायो । चितवन कोईले परियोजनाको इन्जिनियरिङ, प्लानिङ र कन्स्ट्रक्सन(इपिसी)का लागि ४२ करोड रुपैयाँमा ठेक्का दिने टुंगोमा पुगेको उच्च स्रोतले बताएको छ । केबलकार निर्माणका लागि त्यहाँ वरपरको जग्गा प्राप्तिको काम समेत भइसकेको छ । स्रोतका अनुसार केबलकार निर्माणका लागि आवश्यक वित्तिय स्रोतको टुंगो समेत लागिसकेको छ । यो

केबलकार लागि आवश्यक पर्ने गोन्डोला भने निपोन केबल कम्पनीबाट आपूर्ति हुनेछ । नेपालमा संचालनमा रहेको मनकामना र निर्माण सकेर परीक्षण भइरहेको चन्द्रागिरी केबलकारमा अष्ट्रियन कम्पनी डोपलमेयरको गोन्डोला प्रयोग भएको छ । निपोन जापानको यातायातका साधन उत्पादन गर्ने कम्पनी हो । दैनिक १३ सयजना यात्रीलाई सेवा दिनेगरी निर्माण गर्न लागिएको बर्षभरी तीनसय ३० दिन सञ्चालन गर्ने लक्ष्य राखिएको छ । पर्यटकीय क्षेत्रका रुपमा रहेको पोखरामा केवलकार सञ्चालन गर्नेवारेमा पटकपटक छलफल भएको थियो । दुई सिफ्टमा सञ्चालन हुन लागेको यो केवलकारको लागि ५२५ केभिए विद्युत चाहिने कम्पनीले जनाएको छ ।

Cabal Car Pokhara

विशेष